खेलाडीलाई आर्चरी खेलको सामाग्री सहयोग गर्ने दाता काठमाण्डौ घर भई हाल युके निवासी कृष्ण तुलाचनलाई पोखरामा सम्मान गरिएको छ ।कास्की जिल्ला आर्चरी संघले पोखरामा मंगलाबार एक कार्यक्रम आयोजना गरी उनलाई सम्मान गरेको हो ।

पूर्व आर्चरीका खेलाडी समेत रहेका कृष्णले गण्डकी प्रदेशस्तरिय आर्चरी खेलमा पहिलो र दोश्रो हुने खेलाडीलाई करिव २ लाख बरावरको (रिकर्व) आर्चरी खेल सामाग्री सहयोग गरेका थिए । उनलाई गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ, प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङ, नेपाल आर्चरी संघका वरिष्ठ उपाध्यक्ष बसन्त थकाली, नेपालमा आर्चरी खेल विस्तारमा भूमिका खेल्ने किशोर कुमार गुरुङ लगायतले सम्मान गरेका थिए ।

समन पछि बोल्दै सहयोगी तुलाचनले कास्कीको आर्चरी खेलको विकासले गति लिएको भन्दै खुसी व्यक्त गरे । उनले परम्परागत आर्चरीमा भन्दा पनि आधुनिक आर्चरीको विकासका लागि सवैको ध्यान जानु पर्ने उल्लेख गर्दै यसका लागि आफूले सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले जोड दिंदै भने–“आर्चरी खेलमा राम्रो भविष्य छ । राज्यले खोजेको प्रतिभाका लागि यतिबेला आधुनिक आर्चरी आवश्यक छ । खेलाडी उत्पादनमा मेरो सदैव सहयोग रहनेछ ।”

सो अवसरमा आफ्ना भनाई राख्दै नेपाल आर्चरी संघका वरिष्ठ उपाध्यक्ष थकालीले परम्परागत आर्चरीको संरक्षण र सम्वर्द्धन उत्तिकै महत्वपूर्ण रहे पनि आधुनिक आर्चरीको विकासका लागि सबैको सहयोग आवश्यक रहेको जनाए । उनले यति बेला नेपाली खेलाडीलाई आर्चरी खेलमार्फत अन्तर्राष्ट्रिय ऐरिनामा उभ्याउन खेल सामाग्रीको उपलव्धता महत्वपूर्ण रहने बताउँदै यसका लागि राज्यको सहयोग संगै कृष्ण तुलाचन जस्तै सहयोगी मनहरुको खाँचो हुने औल्याए ।

कार्यक्रममा सहयोगी तुलाचनलाई थकाली सेवा समितिका गोविन्द थकाली, पूर्व अध्यक्ष हरिध्वज तुलाचन, अग्रज व्यक्तित्व मिन बहादुर शेरचन लगायतले खादा लगाएर सम्मान गरेका थिए । सो अवसरमा कास्की जिल्ला आर्चरी संघका अध्यक्ष तथा प्रदेश खेलकुद परिषदका सदस्य योगेन्द्र शेरचनले समेत आफ्ना भनाई राखेका थिए । सो अवसरमा गत पुषमा थकाली यूवा परिवार केन्द्रिय समितीले पोखरामा आयोजना गरेको वृहत् अन्तक्रिया कार्यक्रममा समेत युके निवासी तुलाचनले सहयोग गरेको भन्दै प्रशंसापत्र द्वारा सम्मान गरिएको थियो । Source:pokharasports.com

Leave a Reply