वि.सं २०४५ंं सालमा कुस्मा नगरपालीकामा जन्मिएकी ज्योती लामिछाने पौडेलले राजनितिक यात्रा सुरु गरेको दुई दशक भएको छ । सानै उमेरबाट राजनीतिमा लाग्नुभएकी लामिछाने घरायसी काम सगंै सामाजिक सेवा र राजनितिक यात्रालाई पनी निरन्तरता दिनुभयो । लामिछानेले २०५९ सालमा जनता सुर्दशन मा वि बाट आफनो राजनितिक यात्रा तय गर्नुभएको थियो ।

त्यसबेला विधालयको अखिल क्रान्तिकारी इकाइ कमिटि सदस्य हुदै,२०६३ सालमा म्याग्दी बहुमुखी क्याम्पस सहसंयोजक,२०६४ सालमा अखिल क्रान्तिकारी म्याग्दी जिल्ला सदस्य,अखिल नेपाल महिला सघ क्रान्तिकारी केन्द्रिय सदस्य एवं जिल्ला अध्यक्षं,जिल्ला महिला समन्वय समिति सदस्य ,जिल्ला बाल कल्याण समिति सदस्य ,गैर सरकारी संस्था महासघंको कोषध्यक्ष लगायतका थुप्रै राजनितिक तथा गैर राजनितिक संस्था आवद्द लामिछाने थाकनपोखरी आधारभुत विधालय व्यवस्थापन समिति अध्यक्ष,दिदिबहिनी सहकारी संस्थाको अध्यक्ष,जिल्ला सहकारी सघं म्याग्दीको सचिव लगायतका थुप्रै सघं संस्थाको जिम्मेवारी बहन गर्नुभएको छ । यसै सन्र्दभमा बेनीअनलाइनकर्मी सुनिता बेलबासे आचार्यले गरेको छोटो कुराकानी

चुनावमा झिनो मत अन्तरले उपविजेता बन्नुभयो ,यसपटक जनताप्रति कत्तिको आशावादि हुनुहुन्छ ?
धन्यवाद,गत चुनावमा झिनो मतान्तरले पराजित हुदैँ गर्दा यसपटक भने चुनाव जित्नेमा विश्वस्त छु । नेपाली काग्रेस संग गठबन्धन गरेर अगाडी बढेका छौँ, गठबन्धनका सहकर्मिले पुर्ण ईमान्दारी पुर्वक सहयोग गर्नुभयो भने जित पक्का छ । मैले अघिल्लो निर्वाचनको अभियानमा गरेका प्रतिबद्धतालाई नगरपालिकाबाट कार्यान्वयन गर्न त सकिन तर पनि आफ्नो क्षेत्रबाट सक्ने सहयोग र साथ दिएर धेरै मतदातामाझ पुगेको छु ।

मैले जनप्रतिनिधि नभएपनि महिलाअधिकारकर्मी, सहकारीकर्मीको भूकिामा सेवा दिएको छु । बेनी अस्पताल ब्यवस्थापन समितिमा समेत बसेर मैले काम गरेको अनुभव छ । सम्रगमा मेरो निर्वाचनमा हार भएपनि पाँचबर्षमा जनताको मनमा जित्न सफल भएको उम्मेदवार बनेको थिए ।

पक्कै पनि जित्ने अभिलाषा लिएर उमेद्दवारी दिनुभएको छ ,बेनी नगरपालीकालाई कस्तो नगरका रुपमा चिनाउने सपना देख्नुभएको छ ?
बेनी नगरपालिकालाई व्यवस्थित भौतिक पुर्वाधार सहित व्यवसायिक ,स्वरोजगार, कृर्षि आधुनिकीकरण ,पर्यटन विकासमा अव्वल नगरका रुपमा चिनाउने लक्ष्य छ ।

महिला उद्यमको क्षेत्रमा लामो समयदेखी काम गर्दै आउनुभएको छ,आगामी दिनमा नगरभित्रका महिलालाई आर्थिक र समग्र विकासका निम्ती कस्ता योजना छन् ?

महिलालाई व्यवसायिकरण बनाई उत्पादन सगं जोड्ने, बजार व्यवस्थापन गर्ने ,आमा समुहहरुलाई सामुहिक व्यवसायमा जोड दिने र अनुदानका कार्यक्रममा महिलालाई प्राथमिकतामा राख्ने छौँ ।

महिला ,बालवालिका ,अपागं तथा पिछडिएका वर्गको उत्थानका लागी के कस्ता योजना छन्?
प्राथमिकताको तह छुट्याएर आवश्यकता र सम्भावना अनुरुपका तालिम दिने,उत्पादकत्वमा जोड दिने,आरक्षण,बालमैत्री,अपागंमैत्री नगर बनाउने योजना छन् । मैले अघिल्लो निर्वाचनमा पराजय भोगेपनि नगरभित्रका हरेक काममा सक्रियतापूर्वक सहभागिता जनाएको छु । निर्वाचनमा हारेपछि विस्थापित हुने चलनलाई मैले ब्रेक गरेको छु ।

देशव्यापीरुपमा बालमैत्री स्थानिय शासन प्रणाली लागु भैरहेको छ ,बेनी नगरपालीकालाई बालमैत्री बनाउन सक्ने सम्भावना कति छ ?

पहिला बाल कल्याण समितिमा रहदाँ देखी नै बालमैत्री स्थानिय शासन लागु गर्नुपर्छ भनेर काम गरेका थियौँ । हाम्रो नगरका कतिपय वडामा अधिकाशं सुचक पुरा भएका छन् । अब बाकि वडा हुदैँ सम्रग नगरलाई नै घोषणा र कार्यान्वयन गर्न सफल हुनेछौँ भन्नेमा पुर्ण विश्वस्त छु ।

सानै उमेरमा कुलतमा फसेका बालवालीकाको संख्या दिनहु वृद्दि भएको पाईन्छ,यसको समाधानका निम्ति के गर्न सकिन्छ ?
अभिभावकले अभिभावकत्व ग्रहण गर्दैगर्दा सहजिकरणको आवश्यकता हुन्छ बालवालिका,युवायुवती फुसर्दिला भएका कारण कुलतमा फस्ने हुन् । विधालय छोडेका बालवालिकालाई सिपमुलक कार्यक्रम आयोजना गर्ने,पुन विधालयमा फर्काउने लगायतका काम गर्न सकिन्छ ।
अन्त्यमा स्थानिय जनतालाई के भन्न चाहानुहुन्छ ?
यसपटक मतदान गरेर विजय गराई अवसर दिनुहोस् । समृद्द बेनी नगर बनाउन ,महिलालाई आत्मनिर्भर बनाउन र व्यवसायिकरण गर्नेमा मेरो प्रतिवद्दता छ ।

 

Leave a Reply