म्याग्दीबाट बेलायतमा बसोबास गर्ने म्याग्देलीको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) यूकेले नेपाली नयाँ वर्षको अवसरमा शुभकामना साँझ मनाएको छ । कोराना भाइरसको जोखिम तथा लकडाउनका कारण लामो समयसम्म जमघट हुन नपाएका म्याग्देली सहित नेपालीको उपस्थित रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यले म्याग्देलीहरुको मन ठूलो भएकाले सामाजिक एवम् मानवीय सेवामा धेरै सहयोग जुट्ने गरेको बताए । मोना यूकेका धेरै कार्यक्रमहरुले नेपाली बीचको एकता र सहकार्यलाई थप बलियो बनाइरहेको आचार्यको भनाई थियो ।‘धेरै पवित्र कामहरु म्याग्दीवासीहरुको सहयोगमा सफल भइसकेका छन्,‘हामीले मात्रृभुमीलाई आवश्यक पर्दा सहयोग गर्नुपर्छ’ आचार्यले भने ।

शुभकामना साँझमा विशेष अतिथि काउन्सिल काउन्सिलर डेभिड क्लिफर्ड,काउन्सिलर लेफ्टिनेन्ट कर्नल बिल विथर्सले समेत म्याग्देलीको प्रशंसा गरेका थिए। त्यस्तै मोना अन्तराष्ट्रियका अध्यक्ष अमर छन्त्यालले मोनाको स्थापना तथा संस्थागत विकासमा मोना यूकेबाट ठूलो सहयोग भएको बताए । उनले विश्वभर रहेका म्याग्देलीलाई मोनामा आवद्ध भएर रचनात्मक कार्यमा सक्रिय हुन समेत अनुरोध गरेका छन् ।

शुभकामना साँझमा एनआरएनए नेदरल्याण्डका अध्यक्ष मिम पूर्जा, मोना आइसीकी पूर्व अध्यक्ष योगेन क्षेत्री लगायत विभिन्न देशबाट मोनाका प्रतिनिधि, नेपाली संघसंस्थाबाट प्रतिनिधि, मोना यूकेका पूर्व अध्यक्ष, कार्यसमितिका सदस्य लगायतको उपस्थिती रहेको संस्थाको वरिष्ठा उपाध्यक्ष लाल पुनले जानकारी दिए ।

मोना यूकेका अध्यक्ष कुमार फगामीले कोरोना भाइरसका कारण मोनाले बार्षिक रुपमा गर्ने कार्यक्रमहरू सञ्चालनमा समस्या भइरहेको अवस्थामा अहिले सहज भएपछि नियमित कार्यक्रमहरु गरिएको महासचिव विष्णु भण्डारीले जानकारी दिए । म्याग्दी जिल्लामा मोना यूकेले शिक्षा, स्वास्थ्य, सामाजिक तथा मानवीय सेवामा लाखौं सहयोग गरेको छ ।

संस्थाको स्थापनाकालदेखि नै प्रत्येक वर्ष मनाउँदै आएको कार्यक्रम कोभिड १९ का कारण ३ वर्ष मनाउन पाएका थिएनन् । शुभकामना साँझका लागि धौलागिरी नौमती बाजा, सोरठी नाच तथा विभिन्न नृत्य समेत प्रस्तुत गरिएको थियो । म्याग्दी जिल्लामा मोना यूकेले शिक्षा, स्वास्थ्य, सामाजिक तथा मानवीय सेवामा लाखौं सहयोग गरेको छ ।

Leave a Reply