Site icon BeniOnline.com.np जिल्लाका ताजा अनलाइन समाचार

जग्गाधनीपूर्जाको देखाएर मतदान गर्न सकिने

स्थानीयतहको निर्वाचनका लागि परिचय खुल्ने कागजपत्र देखाएर मतदान गर्न पाइने भएको छ । शुक्रबार हुने स्थानीयतहको निर्वाचनमा मतदाता नामावलीमा नाम भएका तर मतदाता पत्र नभएकाहरुले आफ्नो परिचय खुल्ने कागजात बोकेर गएमा मत दिन पाउने निर्वाचन आयोगले जनाएको छ ।

आयोगद्धारा  नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र वा राहदानी तथा जग्गाधनीपूर्जाको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावलीमा विवरण भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था गर्न सम्बन्धीत निर्वाचन अधिकृतलाई आयोगले निर्देशन दिएको छ ।

Exit mobile version