म्याग्दीको स्थानीय तहमा मतदान सम्पन्न भएपछि मतदान केन्द्रबाट मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने काम भइरहेको छ ।  आयोगले दिएको निर्धारित समय बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मको समय अवधिमा मतदान सकिएलगत्तै मतपेटिका संकलन भइरहेको म्याग्दीका मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले बताउनुभयो ।

‘नगरको मतगणना भोली विहानबाट सुरु हुन्छ,‘करिब सबैजसो मतदान केन्द्रबाट मतपेटिका आइसकेको छ’ पौडेलले भन्नुभयो । बेनी नगरपालिकाको मतगणना शनिबार विहान ८ बजेदेखि सुरू गरिने छ ।

त्यस्तै मंगला, मालिका, धवलागिरी, रघुगंगा, अन्नपूर्ण गाउँपालिकाको मतपेटिका समेत संकलन भइरहेको छ । अन्नपूर्ण गाउँपालिकाकी निर्वाचन अधिकृत जानुका सुबेदीले सर्वदलिय बैठकबाट मतगणना गर्न सहमत भए आजैबाट गणना सुरू गरिने बताउनुभयो ।

सबै पालिकाबाट रातीसम्म मतपेटिका संकलन हुने भएकाले शनिबार विहानदेखि मतगणना हुन सक्ने भएपनि धवलागिरी बाहेक मंगला, मालिका, रघुगंगा, अन्नपूर्ण गाउँपालिकाको मतपेटिका प्राप्त भएपछि सर्वदलीय बैठक बसेमा आजै रातिबाट मतगणना शुरू हुने सक्ने निर्वाचन कार्यालयले जनाएको छ ।

धवलागिरी गापा–१,गूर्जाको मतपेटिका शनिबार विहान पैदलमार्गबाट मात्रै मुना ल्याइने छ । मतगणना लगत्तै जिल्लाभर भारी बर्षा भएकाले मतपेटिका लिएर पालिकाको केन्द्रसम्म पुग्न समेत समस्या भइरहेको अवस्थामा मतपेटिका पुगेको अवस्थामा आजै रातिबाट मतगणनाको सम्भावना भने न्युन रहेको छ ।

Leave a Reply