म्याग्दीको मंगला गाउँपालिका–१, कुहुँको वडा अध्यक्षमा नेकपा एमालेको प्यानलै विजय भएको छ । एमालेका वडा कमिटीका अध्यक्ष एवम् यूवा संघका नेता समेत रहनुभएका एकजित रोका अध्यक्षमा विजय हुनुभएको हो ।

वडा सदस्यहरुमा ओमकार शेरपुञ्जा र नरबहादुर खत्री, दलित महिला सदस्यमा संगिता किसान र महिला सदस्यमा दिलकुमारी खत्री विजय हुनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयबाट आधिकारिक रुपमा सार्वजनिक नगरेपनि अध्यक्ष सहितको प्यानलले फराकिलो अग्रता लिएको थियो ।

 

Leave a Reply