म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ को वडा अध्यक्षमा कांग्रेसका मिम पुन बिजयी भएका छन् । वडा अध्यक्षमा निर्वाचित पुनले ७८३ मत पाउनुभएका सहायक निर्वाचन अधिकृत हेमराज काफ्लेले जानकारी दिए । उनका अनुसार प्रतिद्धन्दी एमालेका कुलबहादुर घर्तिले ६४० ,माओवादीका बिनोद रानाले १३४ र मंगोलका बुद्धीप्रसाद फगामीले ६८ मत पाएका छन् ।

यसैगरी गाउँपालिका अध्यक्षमा कांग्रेसका श्रीप्रसाद रोका मगरलाई ६२६ ,एमालेका बेगप्रसाद गर्बुजालाई ५३९ ,माओवादीका रेशमबहादुर जुग्जालीलाई ३८३ र मंगोलका खमबहादुर रोकालाई ७४ मत खसेको छ भने उपाध्यक्षमा कांग्रेसकी पिपला बुढालाई ७६९ ,एमालेकी लक्ष्मीदेबी घर्ति पुनलाई ५८५ ,माओवादीकी गौरी सेन्चुरीलाई १६९ र मंगोलकी धनदेबी बुढालाई ७९ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Leave a Reply