स्थानीय तहकाे निर्वाचनकाे जारि मत गणना अनुसार बेनी नगरपालिकाकाे मेयरमा नेकपा एमालेका सुरज केसी र गठबन्धनका तर्फबाट उप मेयर नेकपा माओवादीकी ज्याेती लामीछाने जीतकाे नजिक पुगेका छन ।

वडा नम्बर १ देखि ८ वडा सम्म सम्पन्न मतगणना अनुसार नेकपा एमालेका मेयर पदका उम्मेदवार केसीले ६१५९ मत प्रााप्त गर्नुभएको छ । यस्तै गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका चिरञ्जीवी शर्माले ४६८४ मत प्राप्त गर्नुभयाे ।

यसै गरी उपमेयरमा नेकपा एमालेकी पशुपति शाहीले ४००७ र गठबन्धन का तर्फबाट नेकपा माओवादकी उपमेयर लामिछानेले ५६५६ मत प्राप्त गर्नुभएको छ ।

घाेषित मत अनुसार मेयरका उम्मेदवार केसी प्रतिस्पर्धी उम्मेदवार काँग्रेसका उम्मेदवार शर्मा भन्दा १४७५ मतले अगाडि हुनुहुन्छ । त्यस्तै उपमेयरमा माओवादीकि उम्मेदवार लामीछाने एमालेकाे उम्मेदवार शाही भन्दा १६४९ मतले अगाडि हुनुहुन्छ ।

बेनपा ९ घतानकाे २२०२ र १० नम्बर वडा पात्लेखेतकाे ९८५ मत गणना जारी छ ।

Leave a Reply