उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको मतगणना जारी छ । वडा नं ८ को मतगणनाको ताजा अवस्था हेर्दा नेकपा एमालेले पालिका प्रमुख र उपप्रमुखमा करिब बिजय निश्चित गरेको छ। अन्नपूर्णको अन्तिम मतपरिणाम सार्वजनिक हुँदासम्म नेकपा एमालेले जिल्लामा ४ प्रमुख र ३ उपप्रमुखमा विजय हासिल गर्ने छ ।

म्याग्दीका बहुमत स्थानीय तहमा नेकपा एमालेको विजयसँगै जिल्ला समन्वय समितिमा समेत एमालेको नेतृत्व आउने पक्का छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनभन्दा धेरै पालिका जितेको नेकपा एमालेले जिसस प्रमुखका रुपमा पार्टीभित्रबाट उम्मेदवार समेत पक्का गरिसकेको अवस्थामा जिसस प्रमुखमा समेत यूवा नेतृत्वको प्रवेश हुने देखिएको छ ।

नेकपा एमालेका सहसचिव समेत रहनुभएका राजकुमार थापा जिससकै लागि वडा सदस्य पदमा निर्वाचित भइसक्नुभएको छ । जिससको निर्वाचन कार्यतालिका सार्वजनिक नभएपनि नेकपा एमालेको तर्फबाट थापा जिससका प्रमुखको उम्मेदवारीकै लागि वडा सदस्य पदबाट चुनाव लडेका हुन् ।

मतभारमा एमाले अगाडी भएसँगै जिससको प्रमुख, उपप्रमुख सहित सदस्य पदमा समेत एमालेलाई एकल सहज भएको छ । ‘पार्टीले निर्णय गरिसकेको छ, अब अन्य प्रक्रियाहरू अगाडी बढ्छ’ थापाले बेनीअनलाइनलाई भन्नुभयो । अन्नपूर्णका नतिजाले समेत जिससको यात्रालाई थप सहज बनाउने अवस्था देखिएको थापाको भनाई छ ।

Leave a Reply