म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार भरत पुन र उपाध्यक्षका उम्मेदवार दिवा पुनले फराकिलो मतअन्तरले विजयी हुनुभएको हो ।  मतगणनाको अन्तिम नतिजा निर्वाचन अधिकृतको कार्यालयले केही बेरमा सार्वजनिक गर्ने तयारी गरेको छ ।

८ नम्बर वडाको मतगणना सकिएको छ । ८ नम्बरमा नेकपा एमालेका खमबहादर गर्बुजा सहितको प्यानल विजयी भएको छ । १ देखि ७ सम्मको मतगणना अनुसार एमालेका उम्मेदवार भरत पुनले ३ हजार ५१९ र नेपाली काँग्रेसका उम्मेदवार बलबहादुर तिलिजाले २९८६ मत पाउनुभएको थियो । अध्यक्षमा ५३३ मतले पुन अगाडि हुनुहन्छ ।

भने उपाध्यक्षमा नेकपा एमालेकी दिवा पुनले ३५६० मत प्राप्त गर्नुभएको छ । नेपाली काँग्रेसका तर्फबाट उपाध्यक्षको उम्मेदवार ललिता तिलिजाले २९४४ मत पाउनुभएको थियो । उपाध्यक्षमा ६१६ मतको अन्तर छ ।वडा नम्बर १,२,३,७ र ८ मा नेकपा एमाले विजयी भएको छ भने नेपाली काँग्रेसले ४,५ र ६ मा विजय भएको छ । केही वडा सदस्य माओवादीलाई दिएर काँग्रेसले माओवादी सँग गठबन्धन गरेको थियो ।

Leave a Reply