• नवराज घिमिरे,

काठमाडौं । स्थानीय तह निर्वाचनको मत परिणामले एक पटक ठूला राजनीतिक दलहरुलाई राम्रै सवक सिकाउदैछ । स्वतन्त्र उम्मेदवारलाई नसोचेको मतपरिणाम देशैभरीबाट आइरहेकोे नतिजाले प्रष्ट पारेको छ । यसैबीच काठमाडौं महानगरपालिकामा वालेन्द्र साह (वालेन) भारी मतान्तरका साथ अग्रतालाई निरन्तरता दिइरहेका छन् ।

अन्य नगरपालिका तथा गाउपालिकाहरुमा पनि स्वतन्त्र उम्मेदवारहरुको क्रेज ह्वात्तै बढेको उनीहरुलाई प्राप्त भएको जनतमले प्रष्टसँग देखाइरहेको छ । ठूला दलहरुसँग जनता आजित भइसकेकाले दलको विकल्प खोजिरहेका काठमाडौंवासीहरुले वालेन्द्र साहलाई विकल्पको रुपमा लिएको बुझ्न सकिन्छ ।

जनताहरु राजनीतिक दलहरुको रवैयाबाट वाक्कदिक्क भइसकेका छन् । ‘राम्रोलाई हैन हाम्रोलाई’ टिकट दिने र ठूलै धनराशीमा टिकटको चलखेल गर्ने परिपार्टी तथा पारिवारिक विरासतको आधारमा कुनै लक्ष्य र योजना केही नभएका उम्मेदवारहरुलाई टिकट दिनुले जनतामा दलप्रतिको आक्रोश बढेको सहजै अनुमान लगाउन सकिन्छ ।

त्यसैको उपज हो वालेन साहको उदय । पुरातनवादीलाई जिताउनु भन्दा नयाँ योजना र लक्ष्यसहित आएका वालेन साह जस्ता युवालाई जिताउदा बिकासले गति लिने काठमाडौंका जनताको ठम्याइ रहेको बुझिन्छ । कलाकार, विभिन्न पेशागत सगंठन, बौद्धिक जमात तथा काठमाडौंका रैथानेवासीहरुले खुलेरै स्वतःस्फूर्त रुपमा वालेनलाई समर्थन गरेको प्रष्टै देखिन्छ ।

देशकै केन्द्रविन्दूमा रहेको काठमाडौं महानगर यतिखेर चर्चाको विषय बनेको छ । दूगन्र्धित र अब्यवस्थित शहर काठमाडौलाई स्वच्छ, सफा र सुन्दर शहर भएको देख्न चाहेका काठमाडौंवासीको सपना वालेनबाट पूरा हुने देखिएको छ । सोही कारण उनले जित्नुपर्ने काठमाडौं, नक्शालका दीपक मानन्धर बताउँछन ।

वानेश्वरका रवि श्रेष्ठ भन्छन, ‘दलहरुले कुरुप बनाएको काठमाडौं वालेनबाट सुन्दर बन्नसक्छ । त्यही विश्वास र भरोसामा जिताउन मत दिएका हौं ।’

काठमाडौंको मेयर जित्नुभयो भने तपाईका ठोस योजना के हो ? भनी जिज्ञासा राख्दा वालेन साह भन्छन्, ‘ठूला ठूला सपना नबाँडी फोहोर मैलालाई ६ महिना भित्रमा उचित ब्यवस्थापन गर्दै स—साना विषय वस्तुलाई ब्यवस्थित तवरबाट हल गर्ने, जनतालाई सर्वसुलभ सेवा प्रवाह गर्ने मेरो पहिलो प्राथामिकता हो । आन्तरिक स्रोतसाधनलाई अधिकतम प्रयोग गरी बेरोजगारीको समस्या हल गर्ने, रोजगरमुलक समुन्नत समाज निर्माण गर्ने दोस्रो प्राथामिकता हो ।’

उनले थपे, ‘भ्रष्टचार र बेथितिलाई उन्मुलन गर्दै समृद्ध काठमाडौं, सुन्दर काठमाडौं शहर बनाउने तेस्रो प्राथामिकता हो ।’ त्यस्तै अन्य थुप्रै योजनालाई अल्पकालीन र दीर्घकालीन रुपमा प्राथामिकताको आधारमा कार्यन्वयन गर्दै जाने वालेन साह बताउँछन् ।

दशकौंदेखि राजनीतिक दलका प्रतिधिनिहरुले मेयर पदमा जरो गाडेको केन्द्रीय शहर राजधानी काठमाडौंमा यस पटक भने स्वतन्त्र उम्मेदार वालेन साहले बाजी मार्ने लगभग पक्का जस्तै छ । नेपाली कांग्रेसको उम्मेदवार सिर्जना सिहं र नेकपा (एमाले)का केशब स्थापित भन्दा वालेन साह दोब्बर मतले अगाडि छन् ।

यो समचार तयार पार्दासम्म १० वटा वडाको मत गणना भइसकेको छ । काठमडौं महानगरभित्र ३२ वडाहरु छन् । केशब स्थापित र सिर्जना सिहंको पकड मानिएको वडाहरुमा पनि वालेन साहले नै लिड गरेपछि कांग्रेस, एमाले झस्किएका छन् । काठमाडौंको मेयर दलीय प्रणाली भन्दा बाहिर जानु दलीय राजनीतिमा गम्भीर प्रश्न उठनु पनि हो, दलका राजनेता भन्नेहरुलाई यो राम्रो थाहा हुनुपर्छ ।

देश विकाश र सुशासन, शान्तिसुरक्ष, स्वतन्त्रता, मानवअधिकार आदि दलीय राजनीतिबाट सम्भव छ, भन्ने कुरा जनताले अनुभूति गर्न नपाएपछि स्वतन्त्र उम्मेदवारलाई रुचाएका हुन् भन्ने आँकलन गर्न सकिन्छ । Source: News24nepal.tv

Leave a Reply