बागलुङमा चट्याङ लागेर एक युवाको मृत्यु भएको छ । जिल्लाको ढोरपाटन नगरपालिका वडा नम्बर ७ गाल्ढुङका १९ वर्षीय बालचन्द्र विकको चट्याङ लागेर मृत्यु भएको हो । चट्याङ लागेर घाइते भएका विकको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा ल्याइए पनि अस्पतालले उनलाई मृत घोषणा गरेको हो ।

चट्याङबाट तीन जना गम्भीर घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी प्रहरी नायव निरीक्षक इन्द्रबहादुर रानाले दिएको जानकारी अनुसार चट्याङबाट ३ जना घाइते भएका छन् ।

चट्याङ लाग्दा ढोरपाटन नगरपालिका वडा नम्बर ७ का १६ वर्षीय बिट्टु विक, १६ वर्षीया लक्ष्मी विक र ७२ वर्षीय पुण्यराम कामी घाइते भएको रानाको भनाई छ ।घाइतेहरुको अवस्था गम्भीर रहेकोले बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि मिसन अस्पताल पाल्पा रेफर गरिएको अस्पतालले जनाएको छ ।

Leave a Reply