नेकपा एकीकृत समाजवादीबाट धनराज आचार्य पोखरा महानगरपालिकाको मेयर पदमा विजय नजिक छन् । करिब ४ हजार मत गन्न बाँकी हुँदा आचार्यले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्ण थापाभन्दा ५ हजार २८६ मतको फराकिलो अग्रता बनाएसँगै मत गणना सकिन अघि नै आचार्यको जीत सुनिश्चित भएको हो ।

१ लाख ३८ हजार २११ मत गनिसक्दा मेयर आचार्यले ५६ हजार ४७१ मत ल्याएका छन् भने  थापाले ५१ हजार १८५ मत ल्याएका छन् । पोखरामा कूल १ लाख ४३ हजार २२६ मत खसेको थियो । उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङले अग्रता कायम राखेकी छन् । उनले  ५८ हजार ५८२ मत ल्याउँदा नेपाली काँग्रेसकी कोपिला रानाभाटले ५४ हजार ५४७ मत ल्याएकी छन् ।

पोखरा Update :
१,३८,२११ मत गणना गर्दा
सूर्य : ५१,१८५
कलम : ५६,४७१ ( ५,२८६ #मतको #अग्रता)
सूर्य : ५८,५८२ (४,०३५ #मतको #अग्रता )
रुख : ५४,५४७
जम्मा खसेको मत १,४३,२२६

Leave a Reply