म्याग्दीका एक विद्यार्थीले चित्रकलामा राष्ट्रियस्तरको पुरस्कार प्राप्त गरेकी छन् । जिल्लाको न्यू वेष्ट प्वाइन्ट आवासीय माध्यमिक विद्यालयका हाल कक्षा ८ मा अध्ययरत छात्रा अनिशा थापाले राष्ट्रिय चित्रकला प्रतियोगितामा उक्त प्राप्त जितेकी हुन् ।

गत वर्ष कक्षा ७ अध्ययनरत हुँदा कोभिड–१९, महामारीको समयमा २०७८ फागुन २५ गते त्रिभुवन विश्वविद्यालय रुपान्तरण परियोजना,नेपाल स्वास्थ्य शिक्षा संघ, शिक्षा तथा मानव स्रोत विकास केन्द्र र राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सञ्चार केन्द्रले संयुक्त रुपमा आयोजनामा गरेको राष्ट्रिय चित्रकला प्रतियोगितामा आधारभूत तह अन्तर्गतको प्रतियोगितामा उनले उक्त पुरस्कार प्राप्त गरेकी हुन् ।

‘कोभिड –१९ र बालबालिका’को उपशीर्षकः ‘कोभिड–१९ रोकथाममा मेरो जिम्मेवारी’ मा आधारित भएर बनाएको चित्रकलाले सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भएको हो । प्रतियोगितामा सरस्वति निकेतन मावि ब्रह्मटोल काठमाडौँ कि तुलसी थापा मार प्रथम, अलपाइन एकेडेमी मनोहरा काठमाडौँका सिजन श्रेष्ठ द्वितीय, साउथ जोन मावि बिरगंज पर्साका मनिका कुमारी कुशवाहा तृतीय र वेष्ट पोइन्ट स्काकुल बेनी म्याग्दीका अनिशा थापा, र बेथेल इंगलिस बोर्डिंग स्कुल पाल्पाका कशिश सुनुवार सान्तवना भएका हुन् ।

वेष्ट पोइन्ट बेनीका प्रिन्सिपल डीबी दाहालले म्याग्दीको वेष्ट पोइन्ट विद्यालयले प्रदेश स्तरीय र राष्ट्रिय प्रतियोगितामा यस भन्दा अघिपनि धेरै पुरस्कार जितेको छ । यसले विद्यार्थीहरुलाई उत्साहित बनाउनुका साथै विद्यालयले विद्यार्थीमा रहेको सृजनात्मक क्षमतलाई प्रस्फुटन गर्न उपयुक्त वातावरण प्रदान गर्ने गरेको बताउनुभयो।

अघिल्ला वर्षहरुमा प्रतिभा प्रस्फुटन कार्यकममा वेष्ट पोइन्टका निश्चल जुग्जाली राष्ट्रिय प्रतियोगितामा पुरष्कृत र गत वर्ष गण्डकी प्रदेश स्तरीय गायन प्रतियोगितामा वेष्ट पोइन्टका लकुस पुन प्रथम भएको विद्यालयले जनाएको छ ।

Leave a Reply