विद्यालयको पठनपाठन प्रभावित हुने गरी आचरणविपरीत काम गर्ने शिक्षक र कर्मचारीले राजनैतिक दलको विभिन्न पद नछाडे कारबाही गर्ने निर्णय पनि बैठकले गरेको छ ।  बर्दियाको राजापुर नगरपालिकाका मेयर दिपेश थारुले राजनीतिक दलमा आवद्ध शिक्षकहरुले तत्काल राजीनामा दिन निर्देशन दिनुभएको हो ।

मंगलबार राजापुर नगरपालिकाको बैठकले उक्त निर्णय गरेको हो । नगर प्रमुख दिपेश थारुले प्रचलित शिक्षा ऐन २०२८ (संशोधन सहित) को दफा १६(ङ)को उपदफा ५ को(६) को व्यवस्था उल्लंघन गरी राजनैतिक दलमा संलग्न रहेको पाइएकोले सात दिन भित्र उक्त पद छाड्न निर्देशन दिएको बताए ।  शिक्षा क्षेत्रमा सुधारलाई पहिलो प्राथमिकतामा राख्दै राजनीतिबाट टाढा राख्ने निर्णय भएको उनले बताए ।

Leave a Reply