काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले जित हासिल गरेका छन् । मतगणना जारी रहँदै बालेनले जित पक्का गरेका हुन् । प्राप्त पछिल्लो विवरण अनुसार बालेनले आफ्ना प्रमुख प्रतिस्पर्धी कांग्रेसकी सिर्जना सिंहसँग २०१९६ मतको अग्रता लिएका छन् ।

जबकि अब काठमाडौंको १९६४९ मत मात्रै गन्न बाँकी छ । अबको गणनामा कुनै भोट आएन भने पनि नतिजामा फरक पर्ने छैन । काठमाडौंमा कुल १ लाख ९१ हजार १८६ भोट खसेको थियो । त्यसमध्ये बालेनले करिब ३५ प्रतिशत भोट ल्याइरहेका छन् । काठमाडौंमा स्वतन्त्र व्यक्ति मेयर निर्वाचित भएको पहिलोपटक हो । यस अर्थमा बालेनले इतिहास रचेका छन्

बालेन भारी मतान्तरले विजयी हुँदा दोस्रो स्थानमा को आउँछ भन्ने अझै निधो भएको छैन । कांग्रेसकी उम्मेदवार सिर्जना सिंह एमालेका केशव स्थापितभन्दा झिनो मतान्तरले अगाडि छिन् । अन्तिम नतिजा आउँदासम्म उनीहरुमध्ये एकजना दोस्रो स्थानमा हुनेछन् । source: nepal press

Leave a Reply