विमानको पछिल्लो भागमा पंखाको साईडमा राखिएको एक महत्वपूर्ण उपकरण हो, ब्ल्याक बक्स । विमान दुर्घटना भन्ने बित्तिकै के कारणले दुर्घटना भयो भन्ने आधिकारीक कारण थाहा पाउन त्यहि ब्ल्याक बक्सको खोजी गरीन्छ । त्यसैले यो विमानका लागि अति आवश्यक उपकरण हो । हामीले सुन्ने गरेका पनि छौ विमान दुर्घटना भयो भने ब्ल्याक बक्सको खोजि हुन्छ ।

आखिर यो ब्ल्याक बक्स केहो त ? हरेक विमानमा ब्ल्याक बक्स हुन्छ र दुर्घटनापछि यो ब्ल्याक बक्स खोजिन्छ । ब्ल्याक बक्स के हो र यसले के काम गर्छ भन्ने बारेमा भने धेरैलाई थाहा नहुन सक्छ । यसैकुरालाई मध्यनजर गरेर हामीले ब्ल्याक बक्स केहो र यसले के काम गर्छ भन्ने बारेमा रिपोर्ट तयार पारेका छौं ।

के हो त ब्ल्याक बक्स ?

ब्ल्याक बक्स खासमा एक रेकर्डर हो । यो रेकर्डरमा विमान दुर्घटना हुनुभन्दा अघि २ घण्टाको आवाज रेकर्ड हुन्छ । यसमा विमानभित्रका सबै आवाज रेकर्ड हुन्छन् । विमान जस्तोसुकै दुर्घटनामा परे पनि यो ब्ल्याक बक्स सकुशल रहन्छ र यसमा रेकर्ड भएको आवाजको आधारमा दुर्घटना कसरी भयो भन्ने पत्ता लगाउन सहज हुन्छ । ब्ल्याक बक्समा इन्जिनको आवाज, आपतकालीन अर्लामको आवाज, क्याबिनको आवाज अनि ककपिटको आवाज रेकर्ड हुन्छ । र, त्यसबाट के थाहा हुन्छ भने, दुर्घटनाका बेला जहाजमा कस्तो अवस्थामा थियो । पाइलटहरुले के कस्तो कुरा गरेका थिए ? के भनेका थिए ? यी सबै कुरा त्यहि ब्ल्याक बक्सबाट थाहा हुन्छ ।

विमानको कुन भागमा अथवा कहाँ हुन्छ ब्ल्याक बक्स ?

सुरक्षाको दृष्टिले ब्ल्याक बक्सलाई खासगरी विमानको पछिल्लो भागमा राखिएको हुन्छ । यो बक्स एकदमै बलियो धातु टाइटेनियमबाट बनेको हुन्छ, जसलाई आगोले जलाउन सक्दैन । ब्ल्याक बक्स जुनसुकै अवस्थामा पनि सुरक्षित रहन्छ, जसले जहाज दुर्घटनाको बेला के कस्ता आवाज आए भन्ने कुरा रेकर्ड राख्छ । यतिसम्म की समुद्रमा डुबेको अवस्थामा पनि ब्ल्याक बक्सको भ्वाइस रेकर्ड सुरक्षित रहन्छ ।

ब्ल्याक बक्सको रोचक तथ्य

रोचक त के भने ब्ल्याक बक्सको रंग कालो हुँदैन । यो सुन्तला रंगको हुन्छ । ब्ल्याक बक्समा दुईवटा रेकर्डर हुन्छन् । एउटा एफडीआर (फ्लाइट डाटा रेकर्डर) र अर्को सीभीआर (ककपिट भ्वाइस रेकर्डर) । एफर्डआरले विमानको उडानसम्बन्धी डाटा रेकर्ड गर्छ भने सीभीआरले ककपिटमा पाइलटहरुको कुराकानीदेखि त्यहाँको आवाज रेकर्ड गर्छ ।

सुन्तला रंगको डिब्बाको नाम कसरी रहन गयो ब्ल्याक बक्स ?

एक बैठकमा एक पत्रकारले यो बक्सलाई ‘ब्ल्याक बक्स’ भनेपछि यही नाम प्रचलनमा आएको हो । सायद त्यतिबेला यो बक्स जलेर कालो भएकोले उनले यसो भनेका थिए तर पछि यही नाम नै प्रचलित भयो र सुन्तले रंगको डिब्बालाई ब्ल्याक बक्सको नामले चिन्न थालियो ।मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरेमा आइतबार भएको जहाज दुर्घटनामा ज्यान गुमाएका २२ जनाकै शव भेटिएको छ। तीन जना चालक दलका सदस्य र १९ यात्रु लिएर आइतबार बिहान ९ः५५ मा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन–एनएइटी विमानमा सवार सबैको दुर्घटनामा परेर मृत्यु भएको थियो ।

दुर्घटनास्थलबाट ब्ल्याकबक्ससमेत भेटिएपछि शव र दुर्घटनास्थलमा भेटिएका महत्वपूर्ण सामानसहित उद्धारमा खटिएका सुरक्षाकर्मीसमेत फिर्ता भएको छ । अब मुस्ताङको घटनाका बारेमा ब्ल्याक बक्सबाट आधिकारिक जानकारी हुन्छ । त्यो रिलिज हुन बाँकी छ ।

 

Leave a Reply