पुन समाज नेपालको १६ औ अधिवेशनको तयारी पुरा भएको छ । बुधबारदेखि पोखरामा हुने समाजको अधिवेशनका लागि देशका विभिन्न जिल्लाबाट प्रतिनिधी, पर्यवेक्षकहरु पोखरामा आएका छन् । महाधिवेशनको अवसरमा स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधी र सगरमाथा आरोही नायिका दिया गर्बुजा पुनलाई सम्मान गर्ने कार्यक्रम रहेको पुन समाजका महासचिव खिमन शेर्पुजा पुनले बताउनुभयो ।

यसैगरी पोखरामा पुन समुदायले मंगलबार धार्मिक बिधी अनुसार भूमे पुजा गरेका छन् । पुनको भूमे पुजा अवलोकनका लागि विदेशी नागरिक पनि आएका थिए । पुजापछि पुन समुदायले परम्परागत पुख्यौली नृत्य प्रस्तुत गरेका थिए ।

पुख्यौली र नौमति बाजामा नाचगान गरेका थिए । सो कार्यक्रममा रराष्ट्रीय आदिबासी जनजाती महासंघका अध्यक्षः चन्द्रसिङ कुलुङले आदिवासी, जनजाती समुदाय आफ्नो धर्म, भाषा, संस्कार र रहनसहन जोगाउन अग्रसर बन्नुपर्ने बताउनुभयो ।

Leave a Reply