चर्चित टेलिभिजन पत्रकार रवि लामिछानेले राजनीतिमा प्रवेश गर्ने घाेषणा गर्दै ग्यालेक्सी टेलिभिजन छाडेका छन् । टेलिभिजनले उनकाे आजै बिदाइ समाराेह पनि आयाेजना गरेकाे छ । बिदाइ समाराेहमा लामिछानले अब आफू राजनीतिमा प्रवेश गर्ने बताएका हुन् ।

उनले काठमाडाैंबाट चुनाव लड्ने घाेषणा गरे पनि क्षेत्र नखुलाएकाे बिदाइ समाराेहमा सहभागी टेलिभिजनका एक कर्मचारीले जानकारी दिए । आज राति आफ्नाे अन्तिम कार्यक्रम (सिधा कुरा) प्रशारण हुने जानकारी पनि लामिछानेले दिएका छन् । उनले आफू भावनात्मक रूपमा टेलिभिजनसँग साथमै रहने बताएकाे ती कर्मचारीले जानकारी दिए ।

Leave a Reply