बागलुङ बजारको एक रेष्टुराँबाट गाजासहित दुई युवा पक्राउ परेका छन् । बागलुङ बजारको महेन्द्रपथमा रहेको एक रेष्टुराँमा गाजाको कारोबार गरिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । चितवनको खैरहनी नगरपालिका वडा नं. ६ स्थायी घर भई हाल बागलुङ नगरपालिका–२ श्रीनगरटोल बस्ने बर्ष २३ बर्षिय समिर अन्सारी र बागलुङको काठेखोला गाउँपालिका–४ तंग्रामका २२ बर्षिय राजु थापा गाजासहित पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट ३ सय ९० ग्राम लागुऔषध (गाजाको धुलो) बरामद गरिएको प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले बताए । उनीहरुविरुद्ध लागुऔषध ओसारपसारमा संलग्न भएको अभियोगमा अनुसन्धान भैरहेको छ । साथै, उनीहरुको साथबाट दुई थान मोबाईल दश हजार पैसा र चुरोट तथा लाईटर बरामद भएको रानाले बताए ।

Leave a Reply