म्याग्दीको मालिका गाउँपालिकामा भलिबल संघ गठन भएको छ । सोमबार गाउँपालिकाको केन्द्र दरवाङमा आयोजित युवा क्लवहरुको भेलाले सलमन जुग्जालीको अध्यक्षतामा मालिका गाउँपालिका भलिबल संघ गठन गरेको हो ।

संघको उपाध्यक्षमा जविन रोका, सचिव पुकार घर्ति छन्त्याल र कोषाध्यक्ष प्रतिक्षा बुढाथोकी चयन हुनुभएको जिल्ला भलिबल संघका महासचिव कुमार किसानले जानकारी दिनुभयो । सदस्यहरुमा विकास मल्ल, निराजन पुन, उमेश पुन, रविन्द्र रोका, देविन गर्वुजा, मन बहादुर वुढा, अनिल रोका, योगेन्द्र रोका, कल्पना पर्टेल, भिम बहादुर अर्मजा, मिलन सुवेदी, पविता पुन र बबिन श्रीपाली रहनु भएको छ ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष बेग प्रसाद गर्बुजाले पालिकामा खेलकुद र खेलाडिको विकासमा सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभएको छ ।

जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले म्याग्दीमा लोकप्रीय खेलको रुपमा रहेको भलिबल खेलका खेलाडिहरुलाई अनुशासित, मर्यादित र जागरुक बनाउनका लागि आवश्यक कार्यक्रमहरु संचालन गर्ने बताउनुभयो । खेलाडि राष्ट्रको गहना भएकाले क्षमता विकास गरि उत्कृष्ट खेलाडि उत्पादनमा पालिकाले सहयोग गर्नुपर्ने बताउनुभयो ।

Leave a Reply