Site icon BeniOnline.com.np जिल्लाका ताजा अनलाइन समाचार

स्वास्थ्य बीमा आफैँ बिरामी

स्वास्थ्य बीमा आफैँ बिरामी परेको छ । कार्यान्वयनका केही समस्याका कारण अस्पतालहरूले स्वास्थ्य बीमासम्बन्धी सेवा बन्दको घोषणा गर्न थालेका छन् । मध्यम तथा आर्थिक रूपमा विपन्नलाई सो सेवा उपलब्ध गराएबापत प्राप्त गर्नुपर्ने भुक्तानी नपाएपछि हैरान भएर सेवा नै बन्द गर्नुपर्ने अवस्थामा पुगेको अस्पतालका पदाधिकारीको भनाइ छ ।

स्वास्थ्य बीमा बोर्डले अस्पतालहरूलाई समयमा भुक्तानी दिन सकेको छैन । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले बीमा बोर्डले नियमित उपचार खर्च नदिँदा यही असार १५ गतेबाट स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्ने घोषणा गरेको छ ।

धुलिखेल अस्पतालले पनि बीमा बोर्डबाट २५ करोड रुपियाँभन्दा बढी रकम लिनुपर्ने भएकाले सेवा बन्द गर्नुपर्ने अवस्था आएको जनाएको छ । त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा। दिनेश काफ्लेले बीमा बोर्डबाट अझै १० करोड रुपियाँभन्दा बढी रकम लिनुपर्ने भएको बताउँदै बीमा कार्यक्रम राम्रो भए पनि बाध्यताले यसको सेवा बन्द गर्नुपरेको बताए ।यो खबर आजको गोरखापत्र दैनिकमा समाचार छ ।

 

Exit mobile version