म्याग्दी जेसिजको २४ औँ स्थापना दिवसको अवसरमा साताब्यापी विविध कार्यक्रम सम्पन्न भएको छ । जेष्ठ १५ गते जेसिज कार्यालयमा नेपाल जेसिजका पुर्व अध्यक्ष धनन्जयकुमार श्रेष्ठले साताब्यापी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । जेसिज सप्ताहको उद्घाट्न गर्दै नेपाल जेसिज पुर्व अध्यक्ष श्रेष्ठले युवाहरुको ब्यक्तित्व र नेतृत्व विकासमा म्याग्दी जेसिजले सहयोग पु¥याएको बताउनुभएको थियो ।

उहाँले म्याग्दी जेसिजको स्थापना दिवसको अवसरमा आयोजित विभिन्न कार्यक्रम सफल रुपमा सम्पन्न गर्नका लागि जेसिज आवद्ध सबै सदस्यहरु सक्रिय रहन आग्रह गर्नुभएको थियो ।म्याग्दी जेसिज अध्यक्ष सन्दिप खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व अध्यक्ष विजयकुमार श्रेष्ठ, कमल विश्वकर्मा र विरेन्द्र श्रेष्ठले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

जेसिज शाखा सम्पादक दिनेश विश्वकर्माले जेसिज सप्ताह समुदघाटन कार्यक्रमको संचालन गर्नुभएको थियो ।कार्यक्रम १५ गते देखि २१ गतेसम्म संचालन भएको थियो ।‘जेसिज सप्ताह’ कार्यक्रम अन्तरगत १६ गते बेनीस्थित बेनी संजिवनी हेल्थ क्लिनिकमा निःशुल्क दन्त शिविर आयोजना गरिएको थियो ।

जेसिजको आयोजना र बेनी संजिवनी हेल्थको प्राविधि सहयोगमा भएको दन्त शिविरमा दन्तरोग विशेषज्ञ विवेक सुनारबाट दातको परिक्षण गरिएको थियो । कुमार बानियाँ को सयोजकत्वमा सम्पन्न शिविरबाट १२० जनाले लाभ लिएका थिए ।त्यस्तै साताब्यापी कार्यक्रम अन्तरगत १७ गते राष्ट्रिय÷जेसिज झण्डा अनावरण कार्यक्रम भएको थियो । जेसिज सचिवालय प्रागंढमा राष्ट्रिय झण्डा अनावरण गरिएको थियो ।

दिवसको अवसरमा १८ गते बेनी नगरपालिका–५,पुलाचौर पुरुण्डीमा निसुल्क आँखा शिविर गरिएको थियो । शिविरबाट ३०५ जनाले सेवा लिएका थिए । शिविरमा आखाका विभिन्न रोगको पहिचानपछि विरामीलाई निशुल्क औषधी, १०५ जनालाई चस्मा वितरण र मोतियाविन्दु पत्ता लागेका १० जनाको निशुल्क अप्रेशन समेत गराउने छन् । म्याग्दी जेसिजको आयोजना र नेपाल रेडक्रस सोसाईटी पुलाचौर सह–आयोजनामा गाउँमै आँखा शिविर भएपछि बृद्धबृद्धा प्रौढ पुरुष र महिला, बालबालिकाले प्रभावकारी सेवा पाउँदा खुशी ब्यक्त गरेका थिए ।

त्यस्तै १९ गते प्रभावकारी सार्वजनिक भाषणकला तालिम सम्पन्न भएको थियो । तालिममा महिलाहरुको उत्साहजनक सहभागिता रहेको थियो । विहिबार जेसिज सभाहलमा भएको तालिममा प्रशिक्षकद्धय बागलुङ जेसिज पुर्व अध्यक्ष सुदिपराज भण्डारी र म्याग्दी जेसिज पुर्व अध्यक्ष विनय श्रेष्ठले तालिममा सहभागि विच भाषणको प्रस्तुति, भाषण गर्दा हुने असहजतालाई सुधार्ने तरिका, वक्ताले गर्न नहुने क्रियाकलापहरु लगायत विषयमा प्रशिक्षण गर्नुभएको थियो । तालिममा ३३ जनाको सहभागिता रहेको थियो । २० गते सामाजिक सञ्जाल मार्फत मेरो जनप्रतिनिधिलाई सुभाव विषयक कार्यक्रम संचालन भएको थियो ।

सामाजिक संञ्जाल मार्फत आएका सुझावलाई जनप्रतिनिधि समक्ष पेश गरिएको थियो ।त्यस्तै सप्ताहको अन्तिम दिन २१ गते शनिबार लोकनृत्य प्रतियोगिता सम्पन्न भएको थियो । प्रतियोगितामा ११ विद्यालयको सहभागिता रहेको थियो जसमा न्यू वेष्ट प्वाईन्ट आवासिय मावि प्रथम ,बेनी बोर्डिङ आवासीय मावि द्वितिय र बेनी सामुदायिक विद्यालय उतकृष्ट टिमको उपाधी जितेको थियो ।

प्रतियोगितामा प्रथम हुने न्यु वेष्ट प्वाईन्टलाई नगद १० हजार रुपैयासहित रनिङ्ग कप, ट्रफि र प्रमाणपत्र, द्वितिय हुने बेनी बोर्डिङलाई नगद ६ हजार ५०० रुपैयासहित ट्रफि र प्रमाणपत्र र उतृकष्ट नृत्य प्रस्तुत गर्ने बेनी सामुदायिक विद्यालयलाई नगद ३ हजार ५०० रुपैयाँसहित ट्रफिले सम्मान गरिएको जेसिज सप्ताह कार्यक्रमका मुल संयोजक हरि भण्डारीले जानकारी दिनुभएको छ ।

म्याग्दी जेसिजले हरेक वर्ष जिल्लाका विभिन्न स्थानमा रहेका पर्यटकिय क्षेत्रको संरक्षण ,लोक संस्कृतिको जर्गेना , वृक्षारोपण ,स्वास्थ्य शिविर,विपन्न परिवारलाई राहत वितरण ,खेलकुद लगायतका कार्यक्रम गर्दै आईरहेको छ । निःशुल्क आँखा शिबिर जेसिज गाँउ,पुरुण्डे मा फेला परेका ९ जना मोतियाबिन्दु मध्ये ४ जना को असार ७ गते नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा म्याग्दि को आयोजना तथा हिमालय आँखा अस्पताल पोखरा को प्राबिधिक सहयोग मा निःशुल्क मोतियाबिन्दु शल्यक्रिया सम्पन्न भएको थियो । बाँकि ५ जना मोतियाबिन्दु भएका बिरामि हरु ले बर्षा मास भएकोले शल्यक्रिया गर्न अस्विकार गरेका छन ।

Leave a Reply