तत्कालीन पर्वत राज्यको शीतकालीन राजधानी रहेको हालको बेनी नगरपालिका भित्रका चौतारी पुनःनिर्माण तथा संरक्षण अभियान सुरु भएको छ । सदरमुकाम बेनीबजारमा रहेको दुई शताब्दी पुरानो धार्मिक मान्यता र पर्यावरणीय शुद्धतासँग सम्वन्धित वर–पिपल, चौतारीको संरक्षण तथा मर्मत सम्भारका लागि अभियान नै सञ्चालन गरेको छ ।

बेनपा–७ ले जिल्ल मालपोत कार्यालयको भवन अगाडी रहेको पुरानो चौतारीलाई पुनःनिर्माण गर्न थालेको छ । सदरमुकाम बेनीकै सबैभन्दा पुरानोमध्ये पर्ने चौतारी जिर्ण भएपछि १ लाख २७ हजार बजेट विनियोजन गरी मर्मत सुरू गरिएको वडा अध्यक्ष रमेश श्रेष्ठले बताउनुभयो ।

‘चौतारीलाई मास्न दिन्नौ,‘वडाभित्रका सबै चौतारीलाई एक–एक गरी मर्मत गछौं,‘ मठमन्दिरलाई पनि उत्तिकै प्राथमिकता दिएका छौ,अन्य विकास निर्माणको कामलाई यसले कुनै असर गदैन’ अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

हाल मर्मत भइरहेको चौतारीको छेउमा ३ वटा मठ निर्माण गरिने छ भने अर्को छेउँमा पिउने पानीका लागि सार्वजनिक धारा सहित बगैचा निर्माणको योजना अगाडी बढेको छ । चौतारी अपांगमैत्री हुनेछ । ह्वीलचियरको माध्यमबाट सिधै चौतारीमा पुगेर विश्राम लिन सकिने भएकाले सहज हुने बताइएको छ ।

वडावाट विनियोजित ८ लाखमध्येबाट नगरपालिका अगाडीको नाली निर्माण तथा सरसफाई, मंगलाघाटमा नाली सरसफाई, दोविल्लामा सडक ग्राभेल लगायतका काम गरिएको टोल सुधार समितिका संयोजक तथा उपभोक्ता समितिका सदस्य रहमद खानले बताउनुभयो ।

बेनी बजार भित्र १७ वटा चौतारीमा सबैभन्दा पुरानो चौतारी बेनपा–७ मा पर्ने भएकाले पनि आफ्नै वडाबाट मर्मतको सुरुवात गरेको नगरपालिकाका प्रवक्ता समेत रहनुभएका वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो । आध्यात्मिक विश्वास,वातावरणीय शुद्धता र नगरको सुन्दरतासँग सम्वन्धित यस्ता सम्पदाहरूको संरक्षण गरेर नयाँ पुस्तालाई हस्तान्तरण गर्न आवश्यक रहेको बुढापाकाको भनाई छ ।

 

Leave a Reply