गएरातीको अविरल बर्षाले धवलागिरी गाउँपालिकाले फेदी स्थित दाङखोलामा निर्माण भएको “बेलिब्रिजमा क्षती पुर्याएपछि सिधा सवारी आगमन पूर्ण रुपमा बन्द भएको छ । पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि धवलागिरी गाउँपालिकाको केन्द्र मुना जोड्ने मुख्य सडकमा पर्ने पुल खोलामा आएको बाढीले क्षती पुगेको ताकमका स्थानीय गोपाल आचार्यले बताउनुभयो ।

बाढीले आसपासका क्षेत्रमा समेत क्षती पुगेकाले सिधा यातायाता बन्द भएपछि तत्काललाई देविस्थान हुदै ताकमकोत हुदै आवतजावत गर्न सकिन्छ । फेदीको अस्थायी बेलिब्रिजको फाउण्डेशनमा भने बाढीले असर गरेको छैन् । बादिकाको उकालोमा नयाँ वैकल्पिक सडक निर्माण गरिएको स्थानमा समेत ढुंगा खसेर अवरुद्ध भएको छ। दरबाङ–धारापानी–ताकम हुँदै मुना जोड्ने सडकमा अनिश्चितकालका लागि सवारी आवतजावत बन्द भएको अवस्थामा यात्रुलाई बैकल्पिक मार्गबाट सुरक्षितरुपमा आवतजावत गर्न समेत अनुरोध गरिएको छ ।

Leave a Reply