राज्यले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता स्वेच्छिक रुपमा त्याग गर्ने नागरिकलाई बेनी नगरपालिकाले भब्य सम्मान गर्ने भएको छ । बेनी नगरपालिकाद्धारा जारी सन्देशमा स्वेच्छिक रुपमा त्याग गर्नेलाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको प्रमाणपत्र सहित भब्य सम्मान गरिने जनाइएको छ।

नगरपालिकाका अधिकृत यूवराज थापाका अनुसार सामाजिक सुरक्षा भत्ता स्वेच्छिक रुपमा लिन नचाहनेलाई बेनी नगरपालिकाले समेत सम्मान गर्ने छ । आफ्नो वडाबाट स्वेच्छिक रुपमा त्याग गर्ने बारेमा जानकारी दिनुपर्ने नगरपालिकाले जनाएको छ ।

सामाजिक सुरक्षा नियमावली २०७६ र सामाजिक सुरक्षा ऐन २०७५ अनुसार सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने व्यक्तिले त्यस्तो सामाजिक सुरक्षा भत्ता लिन नचाहेको घोषणा गर्न सक्ने प्रावधान रहेको छ । म्याग्दीमा यसअगाडी केही बृद्धबृद्धाले स्वेच्छिक रुपमा त्याग गरेका थिए ।

स्वेच्छिक रुपमा त्याग गर्दा आर्थिक रुपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका, असहाय एकल महिला, अपाङ्गता भएका, आफ्नो हेरचाह आफैं गर्न नसक्ने नागरिकको जीवनयापनमा आइपर्ने जोखिम न्यूनिकरणमा सघाउ पु¥याउने भएकाले समेत आर्थिक हैसियत बलियो भएकालाई स्थानीय तहले समेत सामाजिक सुरक्षा भत्ता स्वेच्छिक रुपमा त्याग गने प्रोत्साहन गर्ने गरेको छ ।

 

Leave a Reply