बेनी नगरपालिका-६,छाप डाँडाबारीका स्थानीयले हिलाम्मे अब्यबस्थित सडक मर्मत नगरेकोमा बिरोध सडकमै धान रोपेका छन् । हिलाम्मे सडकले पैदलयात्रीलाई समेत आवतजावतमा समस्या हुदाँ समेत सरोकारवाला निकायको ध्यान नपुगेकाले व्यंगात्मकरुपमा सडकमै धान रोपेको स्थानीय श्रीजना बानियाँले बताउनुभयो ।

‘पैदलयात्रीलाई समेत समस्या छ,‘मोटरसाईकल फस्छ,‘बर्खामा सधै सास्ती भएपछि बाध्य भएर रोपाई नै गर्नुपरेको छ’ बानियाँले भन्नुभयो । उक्त खण्डमा ग्राबेल गरेमात्रै पनि समस्या समाधान हुने स्थानीयको भनाई छ पानी परेर हिलाम्यै भएको सडकमा स्थानीयले सामूहिक रूपमा रोपाइँ गरेर सरोकारवालाहरूको ध्यानाकर्षण गरेका हुन् ।

सदरमुकाम बेनीबजार आसपासकै सडक हिलाम्मे हुने गरेको छ । स्थानीयबासिन्दाको एकल प्रयासले मात्रै मर्मत संभव नभएकाले सम्बन्धित निकायलाई मर्मत गरी सहज आवतजावतको वातावरण बनाइदिन स्थानीयको अनुरोध छ ।सोमबारमात्रै पश्चिम म्याग्दीको ‘लाइफलाइन’ मानिने बेनी–दरबाङ सडकअन्तर्गत लाम्पाटा–दरबाङ सडकखण्डको मंगला गाउँपालिका–२ रणबाङ नयाँबजारका स्थानीयले सडकमै धान रोपेर विरोध जनाएका थिए ।

 

Leave a Reply