मनकुमारी परियार – नाम जस्तै मनकारी । राखु जन्मिएकी तर मन दिईन भकिम्लीका टीका उर्फ पुर्णलाई । साेचे आफ्नो जीवन पुर्ण हुने भयो । तर जीवनमा सबै भने जस्तो कहाँ हुन्छर ? जब पुर्णसंग रंगीन सपना पूरा गर्न घर पुगे उनी त छांगाबाट खसेझै भईन कारण घरमा त पहिल्यै पत्नी र नालाबाला थिए ।
दाेधारमा थिईन उनी । जाउ कहाँ जाउ ? गुहार मागु कस्लाई ? भएन भनेर काेखका सन्तानले पुर्णकाे रुप लिदै थियोे । अठाेट गरे अब म यसैकाे निम्ति बाँच्नु पर्छ । शुरु भयाे उनकाे संघर्षको कथा । के गरिनन् उनले ? संजाेगले बेनी नगरपालिकामा काम पाए । बजारमा ट्याक्टर चढेर फाेहाेर संकलन गर्ने । घिन मानिनन्, अल्छी गरिनन् । सबैलाई मिठाे बाेलि र कामले लाेभ्याईन उनलेे । एकातिर काखमा बच्चा अर्कोतिर कामकाे चताराे । र पनि हरेस खाइनन् । लक्ष्मी रुपी छाेरीकाे जन्म भयाे ।
नाम राखिन सुष्मा परियार । हाे यिनै सुष्मा परियारले २०७९ असार २० र २१ गते सम्पन्न राष्ट्रपति कपमा तीन स्वर्ण र एक काश्य पदक जितेर सबैलाई चकित तुल्याईकी छिन् । उमेरले १३ वर्ष लागेकी र कक्षामा पढ्दै प्रकाश मावि बेनीबाट सहभागी भएर सुष्माले दाैड तर्फ १०० मिटर, २०० मिटर र १००×४ रिलेमा तीन स्वर्ण र ४००×४ रिलेमा काश्य पदक जित्न सफल भएकी हुन् ।
अब उनले पाेखरामा हुने प्रदेश स्तरीय राष्ट्रपति कपमा म्याग्दीकाे प्रतिनिधित्व गर्नेछिन । सुष्मा त्यसै सफल भएकी हाेईनन् । उनकाे सफलतामा आमा मन कुमारीकाे ठुलाे हात छ । एकातिर बुबाकाे साथकाे अभाव अर्कोतिर आफ्नो आर्थिक अवस्था । “दशाै वर्ष नगर पालिकाकाे जागिर पनि गयाे ।
अहिले पाण्डे मेडिकल र सञ्जिवनी हस्पिटल साथमा केही घरमा काम गरर दैनिक गुजारा चलाई रहेकाेछु । महिना भरिकाे कमाईले के घर भाडा तिर्ने ? के हातमुख जाेर्ने ? ” उनी गहभरी आँसु पाख्दै भन्छिन-“कति दिन त पैसा नभएर रित्तै हात स्कुल पठाए । कैयौंपटक कापीकलम किन्ने पैसा भएन । यस्ले कहिल्यै गुनासो गरिन । अचानक अमिसाले फाेन गरेर सुष्माले जित्यो भन्दा भुईमा खुट्टा रहेन । दाैडेर मञ्चमा पुगे ।
भाेलीपल्ट करिबकरिब काम नै हापे । छाेरी र साथीहरुलाई बधाई दिए सरहरुलाई आभार । आज यस्काे सफलताले सबै दुःख बिर्सिएकाेछु । सरमिसलाई नै अभिभावक सम्झेर प्रकाश मा.वि. पढाएकाेछु आशा छ स्कुलले यस्लाई पक्कै मान्छे बनाउने छ ।” “गत वर्ष शारीरिक शिक्षाकाे अभ्यास गराउँदा आँखामा परेका थिईन सुष्मा । राष्ट्रपति कप हुने भन्दा बित्तिकै उनकाे तस्बिर झलझली आँखा अगाडि नाँच्याे ।
नभन्दै साथीहरु माझ अव्वल सावित भएर छनाैट भै हालिन ।” स्मरण सुनाउदै अतिरिक्त क्रियाकलाप विनय श्रेष्ठ बताउछन् ।” “सुष्माकाे प्रदर्शनले हामी खुशी छाै र विद्यालयकाे नाम राखेका छन् । विद्यालयले गर्नु पर्ने सहयाेगमा हामी कमी हुन दिने छैनौं ” नि. प्रअ लेख बहादुर हमालले खुशी व्यक्त गरे ।
“अहिलेकाे प्रदर्शनले खुशी छु । सरमिस र विद्यालय साथमा साथीहरूले साथ दिनु भयाे, धन्यवाद छ । विद्यालयकाे नाम राखे अब जिल्लाकाे नाम राख्न सकु । यहि सपना बाेकेर पाेखरा जानेछु । आमाकाे सपना पूरा गर्नेछु । मेरा पदकहरु आमाबुबालाई समर्पण छ ।” खुशी व्यक्त गरे सुष्माले ।
“शुरुमा मेराे हक पाउन लडे । त्यस पछि छाेरीकाे जन्म दर्ता बनाउन । संघर्षमा नै मेराे जीवन वित्याे । मैले पाएकाे दुःख छाेरीले व्यहाेर्न नपराेस् । सबैले साथ दिनुहाेला । भगवानले साथ दिनुहाेला । बस , मफाई यत्ति भए पुग्छ ।” खुशीका आँसु झार्दै मनकुमारी आफ्नो बह पाेखिन । जे हाेस् , राष्ट्रपति कपले सुष्मा जस्ता लुकेका प्रतिभा प्रष्टफुटन गर्न सहयोगी सिद्ध भएकाे छ ।
सुष्मा र सुष्मा जस्ता कैयन सुष्मा जस्काे हातमा तीन स्वर्ण सहित चार पदक घाटीमा झुण्डिदा खुशी साट्ने बुबा साथमा छैनन् । तर पनि सिंगाे समाज सुष्माकाे अभिभावक बन्नु पर्छ । शुष्मालाई मान्छे बजाउन र बुबाको कमी महशुस हुन नदिन वास्तवमै सहयोगी हातकाे खाचो छ तवमात्र पुर्णले गरेकाे गल्ती अरुले नदाेहाेर्याने छन् अनि मनकुमारी गरेकाे संघर्षले सार्थकता पाउनेछ । अस्तु ।

Leave a Reply