राष्ट्रियस्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता म्याग्दीका ९ खेलाडी छनौट भएका छन् । गण्डकी प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा शुक्रबार सम्पन्न प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डबाट छात्रा भलिबलतर्फ सजिना बुढाथोकी, सविता बुढाथोकी र अनिशा रोका छनौट भएको जिल्ला खेलकुद विकास समितिका सदस्य सविश चोखालले जानकारी दिनुभयो।

प्रदेशबाट छनौट हुनेमा छात्र कवड्डीमा आयुश पूर्जा, छात्रातर्फ गिता थजाली, गोमा विक, बिनिता पाइजा, तेक्वाण्डो तर्फ दिपेश पूर्जा,उसुबाट पवित्रा शाही रर कराँते काँतामा प्रेणा रोका राष्ट्रियस्तरको राष्ट्रपति रनिङ शिल्डका लागि छनौट हुनुभएको छ । छात्रातर्फ कबड्डीमा म्याग्दी च्याम्पियन बनेको थियो ।

म्याग्दीले ४ स्वर्ण सहित रजत र कास्यपदक जितेको थियो । राष्ट्रियस्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही असार २८ देखि ३० गते सम्म काठमाडौमा सञ्चालन हुनेछ । प्रतियोगितामा छनौट भएका खेलाडीलाई आवश्यक ब्यवस्थापन सहितका कार्यका लागि जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, कार्यालय प्रमुख दानबहादुर राई लगायत पदाधिकारी सहितको टोली पोखरा पुगेको थियो ।

Leave a Reply