राहदानी विभागले एकवर्ष भन्दा बढी समयावधि बाँकी रहेको राहदानी नवीकरणका लागि पेश नगर्न सूचित गरेको छ ।
पछिल्लो समय एकवर्षभन्दा बढी समयावधि बाँकी रहेको राहदानी बाहकले नवीकरणका लागि विभागमा निवेदन दिने क्रम बढेको भन्दै विभागले त्यसरी निवेदन नदिन सूचित गरेको हो ।

विभिन्न एजेन्सीहरूले राहदानीको बहाल अवधि ३ वर्षभन्दा बढी भएमा मात्र विदेश जान पाउने भनेकाले अवधि बाँकी रहेका व्यक्तिले पनि निवेदन दिएको पाइएको विभागका प्रवक्ता शरदराज आर्यनले बताए ।

विभागले राहदानीको बहाल अवधि ६ महिनाभन्दा बढी रहेका सबैले विदेश यात्रा गर्नसक्ने स्पष्ट पार्दै आवश्यक परेको बखतमात्र राहदानी बनाउन अनुरोध गरेको छ । राहदानी ऐन २०७६ को दफा (१२) मा राहदानी बाहकको नाममा जारी भएको राहदानीको बहाल अवधि १ वर्षभन्दा बढी बाँकी रहेको अवस्थामा अर्को जारी गर्न नसकिने व्यवस्था छ । lokanthar.com

 

Leave a Reply