;8s sfnf]kq] ul/Fb} DofUbL, ( h]7 M a]gL–b/jfª ;8s cGt/ut DofUbLsf] a]gL gu/kflnsf–^ r'q]gLdf ;8s sfnf]kq] ul/Fb} . k"jf{wf/ ljsf; sfof{non] a]gLb]lv tftf]kfgL hf]8g] sl/a ( lsnf]ld6/ ;8s sfnf]kq] u/]sf] 5 . t:jL/ ;Gtf]if uf}td÷/f;;

म्याग्दीको बेनी–सिमखण्ड निर्माण भएको १६ वर्षपछि कालोपत्र भएको छ । १२ किलोमिटर लामो सडक कालोपत्र भएपछि पश्चिम म्याग्दीका तीन गाउँपालिकाका साथै छिमेकी बागलु्ङको पश्चिमी क्षेत्रका बासिन्दा लाभान्वित भएका छन् ।

सडक कालोपत्र भएपछि मङ्गला, मालिका र धौलागिरि गाउँपालिकाका साथै पश्चिम बाग्लुङका ढोरपाटन, धम्जा लगायत गाउँका बासिन्दा लाभान्वित भएका हुन् । विसं २०६३ मा निर्माण गरिएको २७ किलोमिटर लामो बेनी–दरबाङ सडक खण्डमध्ये १२ किलोमिटर लामो बेनी–सिमखण्ड कालोपत्र भएपछि अब जोखिमपूर्ण यात्रा हटेको छ ।

सडक कालोपत्र भएपछि झन्डै दुई घण्टाको यात्रा अवधि २५ मिनेटमा छोटिएको मालिका–५ का भुवन बूढाले बताउनुभयो । ‘सामान ढुवानी गर्न र आवतजावतमा सजिलो हुनुका साथै धुलो र हिलोबाट मुक्त भएका छौँ’, रणबाङका हरिकृष्ण पौडलले भन्नुभयो । अब यस क्षेत्रको व्यापार व्यवसाय फस्टाउने भएको छ ।

बेनी–सिमखण्ड पूर्वाधार विकास कार्यालयले सडक कालोपत्र गरेको हो । कार्यालयका निमित्त प्रमुख गुरुदत्त अधिकारीका अनुसार पहिरोको समस्या र जग्गा विवाद भएको बाहेकको ठाउँमा कालोपत्र गरिएको छ । ११ मिटर फराकिलो सडकमा सात मिटर कालोपत्र गरिएको छ ।

सडक कालोपत्र गर्न २०७४ असोजमा ४५ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीले उपकरण र मजदुर परिचालन गर्न नसक्दा काम गर्न ढिलाइ भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ  । तत्कालीन सडक डिभिजन कार्यालयले ठेक्का लगाएको यस सडक २०७५ पुसमा प्रदेश सरकारलाई हस्तान्तरण गरिएको थियो ।

आयोजनाको दोस्रो चरणमा लाम्पाटादेखि दरवाङसम्मको आठ किलोमिटर खण्ड कालोपत्र गर्न २२ करोड ५७ लाख रुपैयाँमा बिरुवा–क्याराभान जेभीले ठेक्का लिएको छ । एक वर्षयता यो कम्पनीले काम नगर्दा काम अधुरै छ । यस्तै मङ्गला गाउँपालिकाको सिमदेखि लाम्पाटासम्मको साढे दुई किलोमिटर सडक स्तरोन्नतिका लागि सम्झौता भएको छ ।

Leave a Reply