बागलुङ जेसीजकाे मातृत्वमा  २०५६ जेठ १५ गते (सन १९९९) मा स्थापित म्याग्दी जेसीज स्थापनादेखि हालसम्म सदस्यहरुकाे व्यक्तित्व र नेतृत्व विकास गर्दै समुदायमा उल्लेखनीय छाप छाेर्न सफल भएकाे छ । आगामी २०८० जेठ १५ गते २५ आ‍ैं वार्षिकोत्सब सहित रजत जयन्ती मनाउने सन्दर्भमा नेपाल जेसीजकाे क्षेत्र ‘ख’ सम्मेलन आतिथ्यता गरि मनाउने निर्णय म्याग्दी जेसीजले गरेकाे छ  ।

म्याग्दी जेसीजकाे स्थापनादेखि हालसम्मको उपलब्धिलाई निम्नाुसार उल्लेख गर्न सकिन्छ : सदस्यहरु, संघसंस्था र विद्यार्थीहरुकाे नेतृत्व र व्यक्तित्व विकास, नेतृत्व चयन र हस्तान्तरणकाे अभ्यास, राष्ट्रिय उपाध्यक्ष , कार्यकारिणी उपाध्यक्ष हुँदै राष्ट्रिय अध्यक्ष बनाउन सफल । राष्ट्रिय अध्यक्षकाे रुपमा जेसीआई सिनेटर धनञ्जय कुमार श्रेष्ठले नेतृत्व प्रदान गर्न सफल ।

सन २००७ मा नेपाल जेसीजकाे क्षेत्र ‘ख ‘ सम्मेलनकाे आतिथ्यता, नियमित बिम्व प्रकाशन, विभिन्न अवार्डहरु जित्न सफल, म्याग्दी जेसीजकाे सिफारिसमा राष्ट्रिय युवा पुरस्कार दिलाउन सफल: जस मध्ये खड्क गर्बुजा, तारादेवी पुन, अरुणा शाही र कमला पुन रहेका छन् । जिल्लामै युवाकाे रुपमा दिपक शर्मा र तारादेवी पुन सम्मानित , जग्गा खरिद गरि सचिवालय स्थापना गर्न सफल, ६२/६३ काे जनआन्दोलनमा नेतृत्व र सहभागीता,  कृष्ण पहाडी , भिमार्जुन आचार्य लगायत राष्ट्रिय चर्चित व्यक्तित्व उपस्थित गराई छलफल, अन्तरक्रिया, बहश गरि जनचेतनामा बृद्दी,  स्थानीय तह, राजनैतिक दल, संघसंस्थाहरुमा नेतृत्व गर्ने युवा पुस्ता तयार गर्न सफल, पर्यटन प्रबर्द्धनमा टेवा, जेसीजकप फुटबल , लाेकनृत्य, लाेकतारा, जेसीज सप्ताह लगायतका कार्यक्रम निरन्तर गरि प्रतिभा पहिचान र प्रबर्द्धन मा याेगदान, ककश, बृक्षाराेपण, ट्राफिक व्यवस्थापन , सरसफाइ , काेराेना विरुद्ध चेतना अभिबृद्दी, स्वास्थ्य शिविर, हाेली मिलन, लगायत कार्यक्रमकाे निरन्तर आयाेजना ।

यसरी समुदायमा अमित छाप छाेड्न सफल म्याग्दी जेसीजले सन २००७ मा नेपाल जेसीजकाे क्षेत्र ख सम्मेलन आतिथ्यता
)२०६४ असाेज ३ र ४ गते ) बेनी बजारमा गर्ने अवसर प्राप्त गरेकाे थियोे । सम्मेलन निर्देशक जेसी धनञ्जय कुमार श्रेष्ठ, शाखा निर्देशक जेसी विजय कुमार श्रेष्ठ र सुरज कुमार श्रेष्ठ , चिफ रिसाेर्ट पर्सन जेसी रमेशकुमार श्रेष्ठ, रिसाेर्ट पर्सन जेसी सराेज कुमार श्रेष्ठ र जेसी राजेन्द्र आचार्य , शाखा अध्यक्ष जेसी प्रमाेद श्रेष्ठ, राष्ट्रिय अध्यक्ष सिनेटर अनुपमान सैजु, निरुपित कार्यकारिणी उवाध्यक्ष तथा सम्मेलन सभापति जेसी तिर्थराज पाैडेल र निरुपित उपाध्यक्ष जेसी कृष्णमान डंगोल रहेकाे साे क्षेत्र ‘ख’ सम्मेलनमा प्रमुख अतिथि सभामुख सुवास नेम्वाङ रहनु भएकाे थियो । “युवा शक्ति – नयाँ नेपाल निर्माणका लागि ” भन्ने प्रकरण अतिथिहरु प्रखर वक्ता  मनमाेहन भट्टराई र गाेकर्ण विष्ट साथै नेपाल जेसीजकाे तर्फबाट पुर्व राष्ट्रिय अध्यक्ष सिनेटर जयदेव वैद्यले धारणा राख्नु भएकाे थियो ।

तत्कालीन समयमा सम्पन्न सबैभन्दा उत्कृष्ट क्षेत्र ख सम्मेलन घाेषित साे सम्मेलनमा वजार बासी, संघसंस्था, हाेटल व्यवसायी ,  विद्यालयकाे उल्लेख सहयाेग, झाकि, नाचगान, चाेक चाेकमा नाचगान प्रदर्शन रहेको थियो । घरघरमा घडा र स्वागत व्यानर, ध्वजा पटकाले सजावट गरि  दाेहेराे लाईन बसेर बजार भरि फुलगुच्छाले स्वागत साथै सगुनकाे व्यवस्था,
जातीय सस्थाबाट खाना खुवाउने व्यवस्था, थकाली थालमा च्याङ्गग्रा च्यालुकाे सुकुटी र फर्सी संग खानाकाे व्यवस्थाले अविस्मरणीय बनाएकाे थियो । साईट सिनकाे लागि गलेश्वर मन्दिर र तातोपानी कुण्ड लगिएको साथै  दुवै स्थानमा स्थानीयद्वारा भव्य स्वागत गरिएको थियोे । अझै पनि स्मरण हुने २००७ काे क्षेत्र ‘ख’ काे थप उपलब्धिहरुलाई निम्नानुसार स्मरण गर्न सकिन्छ :

पर्यटन प्रवर्द्धनमा टेवा । मुक्तिनाथ आउने जेसीज सदस्य , परिवारहरु र साथीहरूमा बृद्दी । ५०० हाराहारीकाे सहभागिता । विद्यार्थीहरुद्वारा स्कटिङमा सहयोग । स्थानीय सामग्री बुनेकाे झाेलाकाे प्रयाेग, स्थानीय उत्पादनकाे लागि स्थलकाे प्रयोग र प्रवर्द्धन । प्रकरण, स्टिकर , बेनीकाे बजार गित लेखिएको रुमाल, पासपोर्ट  लगायतमा नयाँ प्रयाेग । जेसीज सदस्यहरुकाे क्षमता विकास, अर्थ संकलन, जेसीज सदस्यहरुमा बृद्दी । म्याग्दी जेसीजले नयाँ उचाइ हासिल गर्न सफल र राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष र राष्ट्रिय अध्यक्ष बनाउन सफल । संघसंस्था , राजनीतिक दल र स्थानीय तहमा नेतृत्व तयार गर्न सफल । उत्कृष्ट स्मारिका विम्व घाेषणा भै शारदा अवार्ड हासिल गर्न सफल । पत्रकार वर्गकाे अटुलनीय सहयाेग । क्षेत्र “ख” विशेषांक प्रकाशन । अर्थ संकलनमा टेवा । म्याग्दी जिल्लाबासी सबैमा अपनत्वकाे भावना । म्याग्दी जिल्ला र म्याग्दी जेसीजले बेग्लै पहिचान बनाउन सफल ।

“सन २००७ मा सम्पन्न उत्कृष्ट क्षेत्र ‘ख’ सम्मेलनले थप उत्साहित हुदै सन २०२३ मा फेरि  २५ आ‍ै वर्षगाठकाे अवसरमा क्षेत्र ‘ख’ सम्मेलन गर्ने निर्णय गरेका छाैं । ” खुशी हुदै शाखा अध्यक्ष जेसी सन्दिप खत्री थप्नुहुन्छ-“मातृशाखा बागलुङ जेसीज र भातृ शाखा पर्वत जेसीजले आशिर्वाद प्रदान गर्नु भएकाेछ । पुर्व राष्ट्रिय अध्यक्ष सिनेटको धनञ्जय कुमार श्रेष्ठको साथ छ । बेनी नपा मेयर सुरत के.सी. प्रवक्ता, बेनी ७ का वडा अध्यक्ष एवम् म्याग्दी जेसीजका संस्थापक अध्यक्ष सिनेटर रमेशकुमार श्रेष्ठ एवम् जनप्रतिनिधिहरु, उद्योग व्यापारी, जातिय तथा धार्मिक संघसंस्थाहरु, हाेटल व्यवसायीहरुले पुर्ण साथ र समर्थनकाे प्रतिबद्धता व्यक्त गर्नुभएकोले सम्मेलन सफल बनाउन हामी विश्वस्त छाैं ।

म्याग्दी जेसीजकाे २५ आ‍ैं वार्षिकोत्सब (1999-2023) काे अवसरमा हुने क्षेत्र ‘ख’ सम्मेलनमा ३९ शाखाका कम्तीमा १० जनाका दरले पनि ३९० जना, पुर्व र वर्तमान राष्ट्रिय पदाधिकारीहरु ३० जना, अन्य क, ग र घ शाखबाट ५० जना
क्षेत्र ‘ख’ बिडिङ गर्ने शाखाबाट  ५० जना, राष्ट्रिय महाधिवेशन आतिथ्यता  गर्ने शाखाबाट २० जना. राष्ट्रिय पदाधिकारी उम्मेदवारहरु २० जना गरि जम्मा ५५० भन्दा बढी सहभागी हुने आकलन गरिएकाे छ ।

प्रमुख अतिथि र अतिथीहरुको रुपमा राष्ट्रिय अनुहार ल्याएर जिल्लाकाे प्रचारप्रसार गर्न सकिने, पर्यटन प्रबर्द्धन हुने, हाेटल र व्यापार व्यवसाय प्रबर्द्धन हुने, स्थानीय उत्पादनकाे प्रचारप्रसार र बिक्री वितरण हुने,  जिल्लाका कलाकारहरुकाे प्रतिभा प्रष्टफुटन गर्न मद्दत मिल्ने, सडकहरु मर्मतसम्भार गर्न सकिने/हुने, जेसीज सदस्यहरुकाे नेतृत्व र व्यक्तित्व क्षमता विकास हुने । जेसीज सदस्यतामा बृद्दी हुने, राष्ट्रिय स्तरमा नेतृत्व लिनकाे लागि अवसर श्रृजना हुने, अर्थ संकलन गर्न सकिने आदि कारणले म्याग्दी जेसीजले नेपाल जेसीजकाे क्षेत्र ‘ख’ सम्मेलन आतिथ्यता गर्ने जमर्काे गरेकाे हाे ।

यसका लागि  म्याग्दीबासीबाट अपनत्व ग्रहण गरि म्याग्दी जेसीजकाे मात्र नभई समग्र जिल्ला नै आयाेजक बनेर सम्मेलन आतिथ्यता हुने अपेक्षा , आशा एवम् भराेसा साथै मातृ शाखा, भातृ शाखा, सम्पुर्ण शाखाहरु, राष्ट्रिय पदाधिकारीहरु र जेसीज मनहरुमा हार्दिक अनुराेध गर्दछौं । विश्वास गर्नुहाेला २००७ लाई स्मरण गर्दै उत्कृष्ट सम्मेलन प्रस्तुत गर्नेछाैं ।
जय जेसीज !

Leave a Reply