हालै पोखरामा सम्पन्न मिस एसईई–२०२२ को उपाधी जित्न सफल लिया पुनलाई सम्मान गरिएको छ । आइतबार साउने संक्रान्तिको अवसरमा नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीले आयोजना गरेको जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रमको अवसरमा लियाको उत्कृष्ट प्रतिभाको कदर गर्दै सम्मान गरिएको हो । लियालाई प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि राना र मगर संघ म्याग्दीकी अध्यक्ष डकमाया पाइजाले अविर खादा र सम्मान पत्रद्वारा सम्मान गर्नुभएको हो ।

जिल्लाको रघुगंगा गाउँपालिका वडा नम्बर ६ पाखापानी कोटगाउँकी पुनले १६ प्रतियोगीलाई पछि पार्दै उपाधि हात पार्नुभएको थियो ।मिस एसईई–२०२२ को उपाधिसगैँ उहाँले हिरोको स्कुटर र चाँदीको ताज प्राप्त गर्नुभएको थियो । लियाले बेनी स्थित न्यु वेष्ट प्वाइन्ट आवासीय माविबाट एसईई परिक्षा दिनुभएको थियो ।
सम्मानले आफुलाई थप हौसला मिलेको भन्दै लियाले सम्मानका लागि नेपाल मगर संघ म्याग्दीलाई आभार प्रकट गर्नुभएको थियो ।

Leave a Reply