म्याग्दीको बेनीबाट संचालित क्योदाई एजुकेशन कन्सल्टेन्सीले आफ्नो प्रथम वार्षिक उत्सव एक कार्यक्रमको आयोजना गरि मनाएको छ । कन्सल्टेन्सीको संस्थापक अध्यक्ष विमलराज ज्ञवालीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अध्ययन र रोजगारीको शिलशिलामा जापान जान चाहनेहरुका लागि लक्षित गरेर प्रशिक्षण समेत दिइएको थियो ।

क्योदाई एजुकेशन कन्सल्टेन्सिबाट भाषा शिक्षण एवम् भिजा प्रोसेस गरेर जापान गईरहेको कन्सल्टेन्सीको संचालक/प्रवन्ध निर्देशक नविन खत्रीले जानकारी दिनुभयो । जापानको सेन्दाइ शहरमा पनि सम्पर्क कार्यालय संचालनमा ल्याईएको खत्रीले बताउनुभयो ।

बेनीमै केन्द्रिय कार्यालय रहेको र सवै प्रक्रिया यहिँबाट पुरा गरेर जापान जान सकिने भएकोले क्योदाई उपयुक्त कन्सल्टेन्सी भएको खत्रीले बताउनुभयो ।कार्यक्रममा सहभागीहरुले अध्ययनका लागि जापान जान आवश्यक प्रक्रिया तथा त्यहाँ पुगिसकेपछि अध्ययन र रोजगारको अवस्थाको बारेमा समेत जिज्ञासा राखेका थिए ।

कार्यक्रममा गण्डकी प्रदेशका युवा व्यवसायी राजु ज्ञवाली भ्याली कन्सल्टेन्सी काठमाडौंका डकुमेन्टेसन अफिसर लोक राइको विशेष उपस्थिति रहेको थियो ।कन्सल्टेन्सीका संचालक खत्रीको अध्यक्षता, जापानीज भाषा प्रशिक्षक शुशिल खड्काको स्वागत र अर्का प्रशिक्षक सन्तोष कुँवरको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply