पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । बाग्लुङकाे बुर्तिबाङबाट बुटवलका लागि छुटेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको रिब्दिकोट गाउँपालिका–२ लगुवामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ ।

‘१७ जना घाइतेलाई उद्धार गरी तानसेन पठाएका छौं। गाडीभित्र अरू कति यात्रु छन् भन्ने हेर्दैछौं,’ उनले भने। बस सडकबाट डेढ सय मिटर तल खसेको र अहिले उद्धारको काम भइरहेको उनले जानकारी दिए। मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने उनको भनाइ छ।  दुर्घटनाको कारण खुलेको छैन । घाइतेहरूको तानसेन अस्पतालमा उपचार भइरहेको छ । गाडीमा २२ जना रहेका भनिए पनि पछि बाटोमा पनि मानिस चढेका हुन सक्ने भएकाले यकिन तथ्याङ्क खुलेको छैन ।

 

Leave a Reply