यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनमा ढिलाई भएको छ । असार मसान्तसम्म नतिजा प्रकाशन गर्ने जनाएको राष्ट्रिय परीक्षा बोर्डले साउनको पहिलो हप्ता वितिसक्दा समेत नतिजा प्रकाशन गरेको छैन ।

परीक्षा नियन्त्रण कार्यालयका डेपुटी कन्ट्रोलर भक्त गोदारले बिहीबारसम्म नतिजा निकाल्नेगरी अन्तिम तयारी भइरहेको जानकारी दिए । उनका अनुसार बोर्डले बिहीबारसम्म अन्तिम नतिजा निकाल्ने तयारी भइरहेको जनाएको छ । नतिजा पुरानै माध्यमहरूबाट, एनटीसी मोबाइल, एसएमएस तथा बोर्ड र पनिकाको वेभसाइटमार्फत् हेर्न सकिनेछ । वैशाख ९ देखि २० गतेसम्म भएको एसईई परीक्षामा ५ लाख १४ हजार ७६० विद्यार्थी सहभागी थिए ।

Leave a Reply