close up of basmati rice

बागलुङ बजारमा प्लाष्टिकजन्य बस्तु मिसाबट भएको चामल भेटिएको छ । उपभोक्ताले घरमा लगेर पकाएर खाने क्रममा गुणस्तरहिन तथा प्लाष्टिक जस्तो भेटेपछि यो कुरा बाहिर आएको हो ।डल्लो पर्ने, भकुण्डो जस्तै उफ्रने भएपछि उक्त चामलको नमूना परीक्षणका लागि काठमाण्डौं पठाइएको छ ।  चालम खरिद गरेका बागलुङ नगरपालिका–२ मा बस्ने कबिन्द्र बोहराले उजुरी गरेपछि प्रशासनले अनुगमनसमेत गरेको छ। खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालयले उक्त चामल परीक्षणका लागि काठमाण्डौंस्थित ल्याबमा पठाएको जनाएको छ।

बागलुङ बजारस्थित कमर्शियल बहुउद्धेश्यीय सहकारी संस्थाको गोदामबाट उपभोक्ताले उक्त चामल खरिद गरेर लगेका थिए । प्रशासन, उपभोक्ता मञ्च र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले संयुक्त अनुगमन गरेपछि उक्त चामल परीक्षणका लागि पठाएको हो । बोहराले किनेको दुई बोरा चामल पनि सहकारीले फिर्ता लगेको छ । गुणस्तरहिन र प्लाष्टिकजन्य बस्तु मिसिएको चामल कसरी आयो भन्नेमा सबै अन्यौल बनेका छन् ।

‘यस्तो चामल कसरी आयो अध्ययन अनुसन्धान गर्नुपर्ने भयो’ उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले भने, ‘गुणस्तरहिन खाद्यबस्तु बेच्नेलाई कारवाही हुन्छ ।’ उनले यस्तो चालम कसरी आयो भनेर पनि अनुसन्धान गर्नुपर्ने बताए । परीक्षणको प्रतिवेदन आएपछि मात्रै कसलाई कति कारवाही हुन्छ भन्ने थाहा हुने श्रेष्ठको भनाई छ ।

श्रेष्ठले अखाद्य वस्तु सम्बन्धी ऐन आर्कषित हुने समेत जानकारी दिए । सहकारीले भैरहवाबाट चामल ल्याउने गरेको भेटिएको छ । उक्त चामल बिक्री गर्ने भारतीय व्यपारी र चामल पनि भारतीय ब्राण्डको भएको भेटिएको हो । ‘चामल नै प्लाष्टिकको बनाएको हो वा अन्य केमिकल प्रयोग भएको हो त्यो पत्ता लागेपछि जिल्लाभरि अन्यत्र पनि खोजी गरिनेछ’ श्रेष्ठले भने ।

कार्यालयका प्रमुख सौरभ श्रेष्ठले परीक्षणको प्रतिवेदन आएपछि मात्रै कस्तो कारवाही हुने भन्ने यकिन गरिने बताए । बजारमा चामलभन्दा प्लाष्टिकको मूल्य महंगो भएकोले सबै प्लाष्टिक नभई केही मिसावट भएको हुन सक्ने उनले अनुमान लगाए । उनी चामल लिएर केन्द्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण प्रयोगशालामा परीक्षणका लागि गएका छन् ।अखाद्य बस्तु भेटिएपछि बागलुङका अन्य व्यवसायी पनि अन्यौल भएका छन् ।

उपभोक्ता र व्यापारी समेतले थाहा नपाई चामल कसरी आयो भनेर प्रशासनले पनि छानविन गर्नुपर्ने स्थानीयको मत छ । ‘यस्तो चामल खाँदा उपभोक्ताको स्वास्थ्यमा कति असर पर्छ भनेर अनुसन्धान हुन जरुरी छ’ श्रेष्ठले भने, ‘मानव अधिकारको पनि हनन् भएको छ ।’ बजारमा आउने अखाद्य बस्तुप्रति सबै नागरिक, अधिकारकर्मी, राजनीतिक दल र जनप्रतिनिधि पनि सचेत बन्नुपर्ने उनले सुझाव दिए ।
ढोरपाटन राष्टिय दैनिकले समाचार लेखेको छ ।

Leave a Reply