अरिङगालको टोकाइबाट पर्वतका एक पुरुषको मृत्यु भएको छ । पर्वतको कुश्मा नगरपालिका वडा नम्बर १ मा अरिङ्गालको टोकाईबाट शुक्रबार एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । पर्वतको कुश्मा नगरपालिका–१ का ३४ बर्षीय श्रीराम परियारको अरिङ्गालको टोकाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।

बिहिबार राती अरिङ्गालको गोलो पोल्ने क्रममा अरिङ्गालले टोक्दा घाईते भएका परियारलाई राती धौलागिरी अस्पताल बागलुङमा उपचारको लागी ल्याइएको थियो । उपचारको क्रममा शुक्रबार विहान घाईते परियारको मृत्यु भएको प्रनाउ रानाले बताउनुभयो ।

Leave a Reply