माछापुच्छ्रे बैंकले आफ्नो तलबी खातामा रहेको बिमा सुविधाअन्तर्गत ग्राहकले प्राप्त गर्ने बिमा रकम भुक्तानी गरेको छ । बैंकले सिमरा शाखामा स्मार्ट तलब खाता खोलेका उमाकान्त चौधरीको परिवारलाई स्मार्ट तलब खाताको बीमा सुविधाअन्तर्गत रु ७ लाख रकम भुक्तानी गरेको छ ।

ग्राहक उमाकान्त चौधरीको दुर्घटनाबाट मृत्युपश्चात उनको परिवारले दाबी गरेको उक्त दुर्घटना बीमा बैंकले मृतकको परिवारलाई हस्तान्तरण गरेको हो । बैंकले यसअघि पनि विभिन्न समयमा आफ्नो स्मार्ट तलब बचत खाताअन्तर्गत विभिन्न ग्राहकलाई बीमा रकम भुक्तानी गर्दै आएको छ ।

बैंकले शून्य न्यूनतम मौज्दातमा खोल्न मिल्ने स्मार्ट तलब खातामा ग्राहकहरुलाई रु ७ लाखसम्मको दुर्घटना बीमा, रु १ लाख बराबरको जटिल प्रकृतिका रोगको उपचार खर्च, रु ४० हजारसम्मको अस्पताल भर्ना खर्च र रु १० हजारसम्मको औषधि खर्चजस्ता सुविधा प्रदान गर्दै आएको छ । माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ९ एक्सटेन्सन काउन्टर, १६७ शाखारहित बैंकिङ सेवा, २०७ एटिएममार्फत १३ लाखभन्दा बढी ग्राहक महानुभावलाई सेव प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply