????????????????????????????????????

वर्षायाममा पनि अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमनमा वृद्धि भएको छ । अफ सीजन मानिने समयमा पनि पदमार्गमा स्वदेशी तथा विदेशी पर्यटकको आवागमनमा वृद्धि भएकाे हाे । हाल पदमार्ग आएका पर्यटकमा स्वदेशी भन्दा विदेशी पर्यटक बढी आएकाे अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्पाप) इलाका संरक्षण कार्यालय मनाङले जनाएकाे छ। पदयात्रामा आएका अधिकांश अन्नपूर्ण पदमार्गको थोराङ्ला पास गरी मुक्तिनाथ जोमसोमसम्म पुग्ने गर्छन् ।

केही मात्र तिलिचो क्षेत्र पुग्ने गरेको एक्यापले जनाएको छ । धारापानी चेकजाँच केन्द्रका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङका अनुसार हाल दैनिक ३-४ जनादेखि १०-१२ जनासम्म पर्यटक भित्रिएका छन् । असारदेखि भदौ १५ सम्मको समय अफ सीजन मानिने भएपनि यो सयममा समेत पदमार्गमा पर्यटक आएका छन् । सन् २०२२ को जुलाइको हालसम्म १ सय ८४ जना पर्यटक भित्रिएका छन् ।

गतवर्ष २०२१ को जुलाई महिनामा एक जना मात्र पर्यटक आएका थिए । गतवर्ष बाढीपहिरोका कारण बाटो अवरुद्ध भएकाले पर्यटन आउन सकेका थिएन । यसवर्ष बाढीपहिरोका कारण डुम्रे–बेंसीशहर–चामे सडकका विभिन्न खण्डमा बाटो अवरुद्ध भएकाले पर्यटकलाई पदमार्ग आउन समस्या भएको छ । यसै वर्षको जुनमा १ सय ९५ जना, मेमा १ हजार ९६ जना, अप्रिलमा २ हजार ३ सय ८२ जना पर्यटन आएका थिए । मार्चमा १ हजार २ सय ३१ जना, फेब्रअरीमा १ सय ६९ जना र जनवरीमा ४१ जना आएका थिए ।

अफ सीजनको समयमा समेत पर्यटक आएर पदमार्गमा रमाउने गरेकाे एक्यापले जनाएकाे छ । पर्यटकका लागि लमजुङखण्डको सडकमा केही समस्या भएपनि मनाङतर्फको सडक सहज रहेको जनाइएकाे छ । पदमार्ग आउने सडक सहज भए पर्यटकको संख्या बढ्न सक्ने र आगामी भदौ १५ गतेबाट भने पर्यटक बढी भित्रिने जनाइएकाे छ ।

लमजुङको बेंसीसहरबाट सुरु हुने चक्रिय अन्नपूर्ण पदमार्ग मनाङ हुँदै मुस्ताङ, म्याग्दी भएर पोखरा पुगेर टुंगिन्छ । यसअघि २१ दिने यात्रामा पूरा हुने साेही पदमार्गको मुस्ताङ र मनाङका विभिन्न ठाउँसम्म सडक पुगेपछि यात्रा छोटिएर ७ देखि १० दिनमा धेरै पर्यटकले यात्रा टुंग्याउने गरेका छन् ।

Leave a Reply