सुर्खेतमा ६ जना बालिका बलात्कार आरोपमा एक किशोर पक्राउ परेका छन् । करिब डेढ महिनाअघि पञ्चपुरी नगरपालिकाका ६ जना बालिका बलात्कार गरेको आरोपमा सोही नगरपालिकाका साढे १४ वर्षीय किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

पाँचदेखि सात वर्षसम्मका ६ बालिकालाई चकलेट दिएर ललाइफकाई फरक–फरक समयमा बलात्कार गरेको एक बालिकाकी आमाले बताइन् । डेढ महिनाअघिदेखि भइरहेको घटनाबारे साउन ११ गते मात्रै एक बालिकाले भनेपछि अभिभावकले थाहा पाएका हुन् ।  बालिकामध्ये एक जनाको योनिमा घाउसमेत देखिएको उनको भनाइ छ । डेढ महिनाको अवधिमा ती बालिकामध्ये केहीलाई एकपटक र केहीलाई दुई पटकसम्म बलात्कार गरेको बालिकाका आमाहरूले बताएका छन् ।

आफ्ना छोरीहरूमाथि बलात्कार भएको भन्दै पीडित पक्षले साउन ११ गते इलाका प्रहरी कार्यालय बाबियाचौरमा बालकविरुद्ध उजुरी दर्ता गराएका थिए । उजुरी दर्ता भएलगत्तै आरोपित किशोरलाई प्रहरीले शनिबार पक्राउ गरेको हो । ‘उसले एक पटक मात्रै बलात्कार गरेको स्विकारेको छ,’ इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर टेकबहादुर देउवाले भने, ‘तर केही बालिकालाई तीन पटकसम्म पनि बलात्कार गरेको पीडितले बयान दिएका छन् ।

बलात्कार आरोपमा पक्राउ परेका किशोरले अपराध गरेको पुष्टि भएमा उनलाई बाल सुधारगृहमा राख्ने व्यवस्था रहेको अधिवक्ता गीता कोइरालाले बताइन् । अहिले संशोधित मुलुकी अपराध संहिताअनुसार ती किशोरलाई जबरजस्ती मुद्दा चल्छ । फौजदारी अपराध संहिताको दफा ४५ को उपदफा ३ मा १४ वर्ष वा १४ वर्षभन्दा माथि र १६ वर्षभन्दा कम उमेरको व्यक्तिले सजाय हुने कुनै पनि कसुर गरेमा निजलाई उमेर पुगेकालाई हुने सजायको आधा सजाय हुनेछ । ekantipur.com

Leave a Reply