आइतबार बिहान खोटाङको मार्तिमबिर्तालाई केन्द्रविन्दु बनाएर गएको ६ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गण्डकी प्रदेश अन्तरगतका जिल्लामा समेत भएको छ। बिहान ८ बजेर १३ मिनेट जाँदा गएको भूकम्पको धक्का म्याग्दी, बागलुङ, पर्वत लगायतका जिल्लामा समेत भएको थियो ।

गत साउन ९ गते सिन्धुपाल्चोकको हेलम्बु फुट ट्रेल नजिकै ६ बजेर ७ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको थियो । विज्ञहरूका अनुसार ०७२ सालकै विनाशकारी भूकम्पका पराकम्प जाँदा बारम्बार स–साना भूकम्प मापन भइरने केन्द्रले जनाएको छ । भुकम्पको धक्का महसुस भएपछि त्रास फैलिएको छ ।

 

Leave a Reply