महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा चल्ने कलेज र स्कुल बसमा चेकजाँच सुरु गरेको छ ।आइतबारबाट सुरु गरिएको अभियान अन्र्तगत बिहान ५ देखि ८ बजेसम्म १७५ वटा बस चेकजाँच गर्दा ४ जना सवारी चालकले मादक पदार्थ सेवन (मापसे) गरेको पाइएको महाशाखाले जनाएको छ ।

मादक पदार्थ सेवन गरी सवारी चलाउनेमा ह्वाइट हाउस कलेज बानेश्वर, कस्मीक इन्टरनेशनल कलेज कोटेश्वर, ब्रीज वाटर कलेज सिनामंगल, युनिग्लोब कलेज कमलादी र त्रियोग पब्लिक हाइस्कुलका चालक रहेका छन् । अन्य १६ वटा बस पनि ट्राफिक नियम विपरित सञ्चालन भएको पाइएको महाशाखाले जनाएको छ । मादक पदार्थ सेवन गर्नेलाई कारबाही गरी चालक परिवर्तनका लागि सम्बन्धित कलेजमा सिफारिस गरिएको र नियम उल्लघंन गर्नेलाई सचेत गराइएको महाशाखाले जनाएको छ ।

Leave a Reply