बेनी नगरपालिका वडा नं २ ले वडाबासीको समस्यालाई मध्यनजर गर्दै प्रत्येक हप्ताको दुई दिन सदरमुकाम बेनीबाट सेवा दिने भएको छ । बस्ती यत्रतत्र छरिएकाले वडा कार्यालयसम्म पुगेर सेवा लिन सास्ती भएपछि बगरफाँट, खबरा क्षेत्रका बासिन्दालाई आगामी साउन २२ गतेदेखि आइतबार र सोमबार बेनपा–७,को वडा कार्यालयबाट सेवा प्रदान गरिने छ ।

‘वडामा सेवा लिन दिनभरी लाग्छ,‘जनताको सहजताका लागि यो कार्यको सुरुवात गरिएको हो’वडाध्यक्ष यामबहादुर कार्कीले भन्नुभयो । साविकको ज्यामरुककोट गाविसकाको साविक वडा नं १ बगरफाँट र वडा नं ८ र ९ बाहेक अन्य बस्तीका आवश्यक सेवालाई समेत उक्त दिन सदरमुकामबाटै प्रदान गरिने वडाध्यक्ष कार्कीको भनाई छ ।
वडाबासीलाई सहज र समयमै सेवा दिन वडाले थप योजना सहित अगाडी आउने वडाध्यक्ष  कार्कीले बताउनुभयो ।

तत्काल सरकारी कागजातको सुरक्षा र सेवा प्रवाहमा समेत सहज हुने गरी सदरमुकामको वडा कार्यालयबाट सेवा दिइएपनि निकट भविस्यमा लक्षित बस्तीलाई पायक पर्ने गरी संरचना बनाएर सेवा दिने वडाले जनाएको छ । वडाबाट हुने विकास निर्माण सहित अन्य छलफललाई आवश्यकता अनुसार टोल–टोल र बस्तीमा पुगेर गर्ने गरेको छ । वडाको निर्णयबाट बगरफाँट र खवरा क्षेत्रका बासिन्दा उत्साहित भएका छन् । म्याग्दीमा सबै वडाबासीलाई पायक नपर्ने वडाको सेवा लिन निकै सास्ती हुने गरेको छ ।

 

Leave a Reply