म्याग्दी प्रबासी नेपाली संघ (मोना ) कोरिया द्वारा आयोजित म्याग्दी रनिङ् कप भलिबल -2022 सम्पन्न भएको छ।

बाग्लुङ समाज दक्षिण कोरियाले  थेसो परिवार लाई हराउँदै उपाधि साथै १५ लाख वन र ट्रफी मेडल र प्रमाणपत्र हात पारेको छ भने थेसो परिवारले नगद९ लाख वन र ट्रफी मेडल र प्रमाणपत्र हात पारेको छ।त्यस्तै स्याङ्जा परिवार र तनहु समाजले सान्त्वना स्वरूप समान ३ लाख ५० हजार वन पुरस्कार प्राप्त गरे। उक्त भलिवल प्रतियोगितामा जम्मा २० टिमको सहभागिता रहेको थियो। उत्कृष्ट खेलाडी भने थेसो परिवारका टिम क्याप्टेन दिनेश क्षेत्री चुनिए भने उनले मेडल र १ लाख वन प्राप्त गरेका छन्।

उक्त भलिवल प्रतियोगिताको सभापतीत्व सस्थाका अध्यक्ष सुनेश केसीले गरेका थिए भने प्रमुख आतिथ्यता डा बोजिन्द्र तुलाचन रहनुभएको थियो।

भलिबल प्रतियोगिता सफलता पुर्बक सम्पन्न गर्न उपस्थित सम्पूर्ण संघसस्थाको प्रतिनिधित्व गर्दै खेलमा सहभागी हुनुहुने भलिबल टिमहरुलाई मोना कोरियाका अध्यक्ष सुनेश केसीले आभार प्रकट गरेका छन् |

यसैगरी प्रतियोगीता सफल पार्न सस्थाले दिएको जिम्मेवारी सफलता पुर्बक निभाई कार्यक्रम भब्य बनाउनुहुने सस्थाका पदाधिकारीहरु , सदस्य एबं स्वयंसेवक ,कार्यक्रमलाई प्रयोजन गर्ने मुख्य प्रायोजक जीएमइ रेमिट्यान्स , पुर्णिमा रेस्टुरेन्ट , लालीगुराँस रेस्टुरेन्ट , वुरी ट्राभल्स , नमस्ते रेस्टुरेन्ट , एच डी मोबाइलका साथै आर्थिक सहयोग गर्नुहुने ब्यक्ति, समाचार सम्प्रेषण गर्ने मिडिया पार्टनरहरुलाई  पनि मोना कोरियाले आभार प्रकट गरेको छ।

Leave a Reply