धौलागिरीको एक मात्र आंगिक क्याम्पस धौलागिरी बहुमुखी क्याम्पसले बिबिए पाँचौ सेमेस्टरमा शत प्रतिशत नतिजा निकाल्न सफल भएको छ । त्रिभुवन विश्वविद्यालयले हालै सार्वजनिक गरेको नतिजा अनुसार धौलागिरी बहुमुखी क्याम्पसले शत प्रतिश नतिजा हासिल गरेको हो ।

२०७५ सालबाट बिबिए अध्यापन गराउन थालेको धौलागिरी क्याम्पसले सबै सेमेस्टरको परिक्षामा करिब ८० प्रतिशत माथी नतिजा ल्याउन सफल भएकोमा यसपटक परिक्षा दिएका सबै विद्यार्थीहरु उत्कृष्ट अंकका साथ पास भएको धौलागिरी बहुमुखी क्याम्पसका बिबिए कार्यक्रम संयोजक विप्लब शर्माले जानकारी दिए ।

परिक्षामा सम्मेलित २८ जानमा शत प्रतिशत उत्कृष्ट जिपिएका साथ पास भएको उनले बताए । शर्माका अनुसार धौलागिरी क्याम्पसका विद्यार्थीहरुले शत प्रतिश मात्रै हैन उत्कृष्ट जिपिए समेत प्राप्त गरेका छन् । पास हुने विद्यार्थीहरुले अधिकत ३ दशमलव ९२ जिपिए र न्यूनतम ३ दशमलव ६१ जिपिए प्राप्त गरेका छन् ।

धौलागिरी क्याम्पसको बिबिए कार्यक्रमका सबै सेमेस्टरमा १ सय २८ जना विद्यार्थी अध्ययनरत छ । धौलागिरी क्याम्पसमा बिबिएिको स्थापनाकालदेखि नै उत्कृष्ट अंकका साथ विद्यार्थीहरु पास भइरहेको सन्र्दभमा यसपटक भने शत प्रतिश विद्यार्थी राम्रो अंक ल्याएर पास भएको धौलागिरी क्याम्पसका क्याप्पस प्रमुख प्राध्यापक डा. रामप्रसाद उपाध्ययाले जानकारी दिए ।

उपाध्ययका अनुसार यस क्याम्पसमा अध्ययनरत विद्यार्थीको शैक्षिक गुणस्तर क्रमश वृद्धि हुँदै गएको छ । धौलागिरी क्याम्पसले विद्यार्थीको चाहना अनुसारका विषयहरुलाई अध्यापनमा समावेश गर्दै आएको छ । क्याम्पसले वाणिज्यशास्त्र, विज्ञान संकायपछि बिबिए अध्यापन गराउन थालेको हो ।

Leave a Reply