सरकारले सवारी करमा वृद्धि गरेको भन्दै गण्डकी प्रदेशका सार्वजनिक यातायात व्यवसायी आन्दोलित बनेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीले २२ साउनदेखि प्रदेशभरका सार्वजनिक गाडी घरग्यारेजमै थन्काउने घोषणा गरेको हो ।

जनता मूल्यवृद्धिबाट पीडित भइरहँदा सरकारले गैरजिम्मेवार भई कर बढाएर असुल्न लागिपरेकाले आन्दोलनको घोषणा गर्नुपरेको महासंघले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । गण्डकी प्रदेशमा चालु आर्थिक वर्ष २०७९-८० देखि सवारी क्षमताअनुसार कर ४ सय रुपैयाँदेखि १० हजार रुपैयाँसम्म बढेको छ ।

सवारी कर साझा विषय भएको भन्दै महासंघले निजी र पर्यटक सवारीलाई पनि घरग्यारेजमा थन्क्याएर कर वृद्धिको विरोधमा आउन आह्वान गरेको छ । प्रदेश सरकारले सवारी करको जरिवाना साउनदेखि २ सय प्रतिशत लिएको थियो । पछि सवारी धनीले विरोध गरेपछि जरिवाना २० प्रतिशत बनाइएको छ ।

Leave a Reply