म्याग्दीको मालिका गाउँपालिका-२, रुमको तामेङ गाउँमा पहिरोमा परी घाइते भएकाको उपचारमा आर्थिक समस्या देखिएको छ। पहिरोमा परेर घाईते भएका ६७ वर्षीया गोरी विक र उनका ६२ वर्षीय श्रीमान गोठे विकलाई ३७ घन्टापछि बेनी अस्पतालमा ल्याइएको छ।

शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा स्थानीयले ५ घन्टा लामो घुमाउरो बाटो घाइतेलाई स्ट्रेचरमा बोकेर मालिका गाउँपालिका मुकाम दरवाङको घुमाउने पहिरोसम्म ल्याएका थिए ।

बेनी अस्पतालका चिकित्सकले घाइतेलाई थप उपचारका लागि पोखरा लैजान भने पनि आफन्तले पोखरामा लैजान उपचार खर्च नभएकाले भोली मात्रै लैजाने बताएको घाइतेका नाति सन्तोष बराइलीले बताउनुभयो ।‘उपचारका लागि आर्थिक ब्यवस्थापन हुन सकेको छैन्,‘खर्च जुटाएर भोली विहानै जान्छौ’ बराईलीले भन्नुभयो ।

आर्थिक व्यवस्थापन गरी बिहीबार बिहान मात्र लैजाने घाईतेका परिवारको भनाई छ । मंगलबार दिनभरी मौसम प्रतिकुल भएपनि बुधबार अनुकुल मौषममा समेत हेलिकप्टरको समेत ब्यवस्थापनतर्फ सम्बन्धित निकायले चासो नदेखाउँदा घाईतेलाई जोखिम मोलेर बेनीसम्म ल्याइएको थियो।

प्रमुख जिल्ला अधिकारी चिरन्जिवी रानाका अनुसार सदरमुकामबाट पठाएको एम्बुलेन्सले उद्धार गरी घाइतेलाई साँझ ५ बजे बेनी अस्पताल ल्याइ पु¥याइएको बताउनुभयो । ‘घाईतेको उपचार सहित अन्य ब्यवस्थाका लागि पालिकासँग समन्वय भएको छ,‘आवश्यक समन्वय सहित पहल गछौ’ प्रजिअ रानाले भन्नुभयो ।  पहिरोमा घाईते वृद्धाको छातीमा गहिरो चोट रहेको छ । बृद्धाको करङ भाँचिएको र रगत जमेको देखिएकोले थप उपचारका लागि पोखरा रेफर गरेको बेनी अस्पतालले जनाएको छ ।

घरमा सुतिरहेको अवस्थामा गाउँमाथिबाट खसेको पहिरोमा पुरिएर ३८ बर्षिय घरमुली घामबहादुर विक, उनकी पत्नी ३४ बर्षिय राममायाँ विक, छोरा १५ बर्षका नविन विक, ३ बर्षका छोरा राजन विक र ७ बर्षिय छोरी अस्मी विकको ज्यान गएको थियो । एकै परिवारका पाँचै जनाको मंगलबार नै अन्त्येटी गरिएको छ ।

Leave a Reply