बेनी स्थित वेष्ट  प्वाइन्ट विद्यालयले विद्यार्थी र अभिभावकहरुलाई सम्मान गरेको छ  ।  विद्यालयको अडिटोरिएममा एक कार्यक्रमको आयोजना गरी  एसईई परीक्षा २०७८ मा विद्यालयबाट सर्वोकृष्ट नतिजा ल्याउनेहरुलाई ३ जना विद्यार्थीहरु वा सम्वन्धित अभिभावकहरुलाई प्रशंसा पत्रले र उच्च जिपिए ल्याई उत्तीर्ण हुने अन्य सम्पूर्ण विद्यार्थीहरु वा अभिभावकहरु र शिक्षकहरुलाई  सम्मान गरेको हो ।

त्यसैगरी  सोहि कार्यक्रममा छैठौँ राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता २०७८ मा विभिन्न पदक हासिल गरी विद्यालयलाई जिल्लाकै प्रथम तुल्याउन सफल खेलाडी विद्यार्थीहरुलाई र खेल शिक्षकहरुलाई समेत नगद पुरस्कार र खादाले सम्मान गरेको छ ।

विद्यालयले  यसैवर्ष यस विद्यालयबाट एसईई उत्तीर्ण गरी मिस एसईई पोखरा उपाधि हासिल गर्न सफल छात्रा कृष्टिना पुन ९लिया० र यस विद्यालयबाट एसईई २०७४ उत्तीर्ण गरी मिस मगर नेपाल उपाधि हासिल गर्न सफल छात्रा मिलन थापा मगर दुबैलाई प्रशंसा पत्र, नगद पुरस्कार र खादाले सम्मान गरिएको छ  ।

पदक विजेता खेलाडीहरु, खेल शिक्षकहरु र उपाधि विजेता छात्राहरुलाई करिव सवा लाख बराबरको नगद पुरस्कारले सम्मानित  गरेको विद्यालयले जनाएको छ ।

कार्यक्रम  वेष्ट प्वाइन्ट एजुकेशन फाउण्डेसनका अध्यक्ष  हरिकृष्ण श्रेष्ठको  अध्यक्षतामा  प्रिन्सिपल  डीबी दाहालको स्वागत मन्तव्य, एसइई उत्तीर्ण विद्यार्थीको प्रतिनिधित्व गर्दै छात्रा रबिना कार्की र सम्मानित छात्रा कृष्टिना पुन लिया  धन्यवाद मन्तव्य र शिक्षक अभिभावक संघका अध्यक्ष  दिल कुमार श्रेष्ठले शुभकामना मन्तब्य ब्यक्त  गर्नु भएको थियो

भाईस प्रिन्सिपल  कृष्ण बहादुर जिसिद्वारा सञ्चालित उक्त कार्यक्रममा संस्थापक निर्देशकज्यूहरु, शिक्षक अभिभावक संघ र विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, एसईई उत्तीर्ण विद्यार्थीका अभिभावकहरु, भाईसप्रिन्सिपल, तहसंयोजकहरु सम्पूर्ण शिक्षककर्मचारीहरू र विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

Leave a Reply