यातायात व्यवसायीहरुले आईतबारदेखि घोषित बन्दको कार्यक्रम स्थगित गरेका छन् । गण्डकी प्रदेश सरकारले अव्यवहारिक रुपमा अचाक्ली कर बढाएको विरोधमा आईतबारदेखि सार्वजनिक सवारी साधनहरु घर र ग्यारेजमा थन्काउने निर्णय भएकोमा गण्डकी प्रदेश सरकारसँगको छलफलबाट सहमति भएपछि स्थगित भएको पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र बहादुर केसी ले बताए ।

अनुसार गण्डकी प्रदेश सरकारले यातायात व्यवसायीको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन फिर्ता दिएको हो । ‘अहिले प्रदेश सरकारसँग व्यवसायीको छलफल भइरहेको छ, सुनगाभा न्यूजसँग भने, ‘यथाशिघ्र यातायात व्यवसायीको माग सम्बोधन गर्ने सहमति भएपछि घोषित आन्दोलन फिर्ता गरेका हौ ।

मुख्यमन्त्री सहित विभागीय मन्त्रीहरु सम्मिलित बैठक छिटै बस्ने र माग सम्बोधन गर्ने सहमति भएको छ ।’ गत १८ गते नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेशले विज्ञप्ती जारी गर्दै ९भोलि० आइतबारदेखि गण्डकी प्रदेशभर चल्ने करिब २० हजार बढी मालबहाक तथा यात्रुबहाक सवारी साधन घर तथा ग्यारेजमा राखेर गण्डकी प्रदेश सरकार विरुद्ध आन्दोलनको घोषणा गरेको थियो ।

Leave a Reply